Logo

२०८३, कार्तिक २७गते


images
images

सबै काण्डको छानबिन गर्ने हिम्मत राख्नु पर्छ : सभापति लामिछाने

सबै काण्डको छानबिन गर्ने हिम्मत राख्नु पर्छ : सभापति लामिछाने

images
  • सबै काण्डको छानबिन गर्ने हिम्मत राख्नु पर्छ : सभापति लामिछाने
    फाइल फोटो
    images

    सुनवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने सरकारले सबै काण्डको छानबिन गर्ने हिम्मत राख्नु पर्ने बताएका छन । ललिता निवास,सुन प्रकरण र भुटानी शरणार्थी लगायतका काण्डमा सूक्ष्म  रुपमा  छानबिन हुने हो भने औलामा गन्न सक्ने नेता मात्र बाकी रहने लामिछानेको दाबी छ । ‘सरकारले सबै काण्डको छानबिन गर्‍यो भने औलामा गन्न सक्ने नेता बाहेक सबै जेलमा हुन्छन्’, लामिछानेले भने ।

    images
    images
    images

    रास्वपा क्षेत्र नम्बर १ पश्चिम् नवलपरासीले आज बर्दघाटमा आयोजना गरेको क्षेत्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले प्रदेश सरकारका विषयमा आफ्नो पार्टीको पहिले देखिनै स्पष्ट धारणा रहेको बताए । प्रदेश सरकार केवल कार्यकर्ता सेट गर्ने र दलहरूले नेता थन्क्याउने थलो भएको बताउँदै उनले प्रदेश सरकार जनताका सवालमा भने प्रभावकारी हुन नसकेको उल्लेख गरे । ‘छिटफुट कामहरू कहीँ कतै राम्रा  पनि भए होलान् तर समग्रतामा प्रदेश सरकारको अर्थ छैन’, लामिछाने भने । 

    images
    images
    images

    लामिछानेले भरतपुरमा सञ्चालन गरेको ब्लु बसको बिरोध गर्नुको कुनै अर्थ नभएको समेत बताए । ‘केही मान्छेहरू हाम्रा विरुद्ध यसरी लागेका छन् कि केही काम थाहै नदिई हतारमा गर्नु पर्ने अवस्था छ, त्यसकारण पनि त्रुटि भएको हुनसक्छ, हामीले भरतपुरमा मात्रै होइन देशभरि नै ब्लु बस चलाउँछौ ,कसैको विरोधले केही फरक पर्दैन’, सभापति लामिछानेको भनाई थियो ।

    images
    images

    देशमा दल र नेतृत्वको अभाव नभएर नेतृत्वमा ईमान्दारिताको अभाव भएको उनले बताए । लामिछानेले यो देश सतीले सरापेको नभई जुकाहरूले चुसेको कारण बिग्रिएको बताए ।  रास्वपाले सदनमा हरेक दिन खबरदारी गर्ने लामिछाने बताए ।

    आफूहरूलाई नागरिकताका सवालमा मधेस विरोधी आरोप को खण्डन गर्दै सभापति लामिछानेले बिगत देखिनै मधेसका हरेक मुद्दामा आफू लडेको र मधेसको पक्षमा उभिएको  इतिहास साक्षी रहेको दाबी गरे । कार्यक्रममा रास्वपाका उपसभापति डिपि अर्यालको समेत उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सभापति लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।