Logo

२०८३, श्रावण २७गते


images
images

निजी क्षेत्रसँग छलफल गर्दै प्रधानमन्त्री

निजी क्षेत्रसँग छलफल गर्दै प्रधानमन्त्री

images
  • निजी क्षेत्रसँग छलफल गर्दै प्रधानमन्त्री
    images
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निजी क्षेत्रसँग छलफल गर्दै छन् । उनले शुक्रबार अपराह्न तीन बजे निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरुसँग छलफल गर्न लागेका हुन् ।

    images
    images
    images

    प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रका समस्या र चासोका बारेमा छलफल गर्न बोलाएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले  बताए । ‘अहिले निजी क्षेत्रको मनोबल धेरै नै खस्किएको छ, धेरै नै समस्याको सामना गरिरहेका छौं, तिनै विषयमा छलफल गर्न भनेर प्रधानमन्त्रीले बोलाउनुभएको छ, हामीले आफ्ना कुरा राख्छौं,’ उनले भने ।

    images
    images
    images

    प्रधानमन्त्रीका कार्यालयका अनुसार प्रधानमन्त्रीले अर्थमन्त्री डा. प्रकाशशरण महत, गभर्नर महाप्रसाद अधिकारी तथा अर्थसचिव अर्जुन पोखरेललाई पनि सँगै राखेर निजी क्षेत्रसँग छलफल गर्न लागेका हुन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।