Logo

२०८३, आश्विन ९गते


images
images

आयाम सहकारीले अबैध रूपमा उठाएको रकम बचतकर्तालाई फिर्ता

आयाम सहकारीले अबैध रूपमा उठाएको रकम बचतकर्तालाई फिर्ता

images
  • आयाम सहकारीले अबैध रूपमा उठाएको रकम बचतकर्तालाई फिर्ता
    images
    images

    रुपन्देही । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर -६ मा मूख्य कार्यालय रहेर संचालनमा आएको आयाम बहुउद्देश्यीय सहकारी संस्थाले  अबैध रूपमा उठाएको रकम बचतकर्तालाई फिर्ता गरिएको छ ।

    images
    images
    images

    उक्त सहकारी अबैधानिक ढंगले संचालनमा आएको पाइए पछि सहकारीका संचालक तथा व्यवस्थापकलाई जिल्ला प्रशासन कार्यालयको जिम्मा लगाइएको थियो ।

    images
    images
    images

    देवदह नगरपालिकाका नगर प्रमुख ध्रुव प्रसाद खरेल, लुम्बिनी प्रदेश सहकारी बोर्डका उपाध्यक्ष टिकाराम पोखरेल,  सहकारी विभागका रजिस्ट्रार भिम प्रसाद तिवारी, जिल्ला सहकारी संघ लिमिटेड रुपन्देहीका अध्यक्ष भिम प्रसाद तुलाचन, देवदह प्रहरी चौकीका प्रमुख डाक्टर प्रसाद चौधरीको रोहबरमा बचतकर्ताको ४२ लाख १७ हजार १ सय २५ रुपैयाँ फिर्ता गरिएको हो।

    images
    images
    images

    गत साउन १० गते २३ लाख ४४ हजार २५० नगद सहित सहकारीका ३ जना संचालकलाई नियन्त्रणमा लिई नगरपालिमा दर्ता नभएको, समन्वय नगरेको र हिसाबकिताब समेत पारदर्शी नभएको पाइएपछि सहकारी सिल गरिएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # आयाम सहकारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।