Logo

२०८३, कार्तिक २७गते


images
images

दलित मुक्ति मोर्चा देवदहको नगर सम्मेलन सम्पन्न 

दलित मुक्ति मोर्चा देवदहको नगर सम्मेलन सम्पन्न 

images
  • दलित मुक्ति मोर्चा देवदहको नगर सम्मेलन सम्पन्न 
    images

    देवदह ।  नेपाल दलित मुक्ति मोर्चा देवदहको नगर सम्मेलन सम्पन्न भएको छ। शनिबार देवदहमा भएको पाँचौं नगर सम्मेलनले मानसिंह सुनारको अध्यक्षतामा ३५ सदस्यीय नगर समिति निर्वाचित गरेको छ। 

    images
    images
    images

    जसको उपाध्यक्षमा सरस्वति विक र चन्द्रभान हरिजन, सचिवमा कृष्ण विक सुनार सदस्यमा राधा बूढाथोकि, अदालत हरिजन लगायत रहेका छन्।

    images
    images
    images

    कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य खेम बहादुर बिकले आफ्नो हक अधिकारको लागि दलित समुदायले गरेको संघर्ष र त्यो संघर्षमा साथ दिने पार्टी नेकपा माओवादी केन्द्र मात्रै भएको बताउंदै दलित मुक्ति आन्दोलनको चर्चा गरे।  

    images
    images

    मोर्चाका केन्द्रिय सदस्य गोविन्द ठटराई, गंगाराम विक लगायतले अधिकार प्राप्तिको लडाई नसकिएको बताउंदै प्राप्त उपलब्धी समेत खोस्नको लागि प्रतिगामी शक्तिहरू सलबलाई रहेको टिप्पणी गरे। समावेसी, समानुपातिक अधिकारको पक्षमा अरु पार्टी नरहेको बताउंदै उनीहरूले सजग हुन आग्रह गरे। 

    कार्यक्रममा दलित मुक्ति मोर्चाका नेताहरू  गणेश खाती, गणेश विक तथा माओवादी नेताहरू गोबिन्द पंगेनी, कल्पना सुवेदी लगायतले बोलेका थिए। सोनु विकको स्वागत रहेको कार्यक्रमको सहजीकरण कृष्ण विकले गरेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दलित मुक्ति मोर्चा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।