Logo

२०८३, कार्तिक २७गते


images
images

दलित मुक्ति मोर्चा रुपन्देहीको संयोजकमा ध्रुव लामगाडे चयन

दलित मुक्ति मोर्चा रुपन्देहीको संयोजकमा ध्रुव लामगाडे चयन

images
  • दलित मुक्ति मोर्चा रुपन्देहीको संयोजकमा ध्रुव लामगाडे चयन
    images

    बुटवल  । ने.क.पा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा रुपन्देहीको चौथो जिल्ला भेला आज शनिवार बुटवलमा सम्पन्न भएको छ । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश समितिका इन्चार्ज चक्रपाणी खनाल बलदेवले माओवादी पार्टीमा दलित समुदायको सहभागिता र लगानी धेरै भएको भन्दै दलित तथा सिमान्तकृत समुदायको उत्थान र सशक्तिकरणका लागि विभिन्न चरणमा संघर्ष गरि उनिहरुको मुद्धा स्थापित गरि संविद्यानमा अधिकार दिलाउनका लागि काम गरेको बताए ।पछिल्लो समय पार्टी सरकारका भएको बेला गरेका राम्रा कामहरुलाई जनस्तर सम्म पुरर्याउन नसक्दा जनता तथा कार्यकर्ताहरुमा नैराश्यता भएको भन्दै आगामि दिनमा सत्ता र शक्तिको प्रयोग गर्दै भष्ट्रचार विरुद्धको अभियानमा सबैले हातेमालो गर्नुपर्ने बताए । दलित तथा पछाडि परेको वर्ग समुदायले आफनो अधिकार प्राप्तिका लागि संगठित रुपमा आवाज उठाउदै सडक र सदनमा आफना मुद्धाहरुलाई जोड दिनु पर्ने भन्दै त्यसका लागि पार्टीले जुनसुकै बेला पनि सहयोग गर्ने प्रतिबद्धता गरे ।

    images
    images
    images

    त्यस्तै कार्यक्रमका बोल्दै ने.क.पा माओवादी केन्द्र रुपन्देही संयोजक निर्मल जिसी, लुम्बिनी प्रदेश सचिवालय सदस्य सुजित बिक, रिज्जु श्रेष्ठ  लगायतले माओवादी जनयुद्धलाई उत्सर्गमा पु¥र्याउनका लागि दलित समुदायको महत्वपुर्ण भुमिका रहेको बताए । अहिले संविद्यानले दलित तथा लक्षित वर्गलाई दिएको अधिकार माओवादी आन्दोलनको उपज भएको भन्दै संविद्यान र कानुनले दिएको अधिकारलाई संस्थागत गर्नका लागि दलित समुदाय संगठित भैई आफु निकट पार्टी र तिनै तहका सरकारलाई घच्घच्याउनु पर्नेमा जोड दिए ।

    images
    images

    नेपालका हरेक राजनीतिक दलहरुले कार्यक्रममा नेकपा. माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य तथा दलित मुक्ति मोर्चा रुपन्देही फ्याक्सन इन्चार्ज दिपा बिक, प्रदेश सदस्यहरू दुर्गा सुनार, किस्मत विक, पदम बिक, गोविन्द पंगेनी,  दिपिका शर्मा, लोक बहादुर नेपाली लगाएतले बोल्दै दलित समुदायको सशक्तिकरण र  छुवाछुत मुक्त राष्ट्र निर्माणका लागि गैरदलित र दलित समुदाय बिचमा समन्वय र सहकार्यको जरुरी रहेको भन्दै संविद्यानले दिएको आधिकारलाई कार्यान्वयन ग¥र्याउनका लागि सरकार र सम्बन्धित निकायलाई दवाव दिनु पर्ने बताए ।

    त्यस्तै उक्त भेलाबाट ध्रुव लामगाडेको संयोजत्वमा छव बहादुर नेपाली सचिव रहेकोमा ४७ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । नव गठित जिल्ला कार्यसमितीले ३ महिने संगठन सुध्रिढीकरण अभियान सञ्चालन गर्नुका साथै छुवाछुत घटना विरुद्धका कार्यक्रमहरु गर्ने मोर्चाका नवनिर्वाचित अध्यक्ष ध्रुव लामगाडेले जानकारी दिए । कार्यक्रम गोविन्द बहादुर ठटराईको अध्यक्षता , रामनाथ हरिजनको स्वागत मन्तव्य तथा प्रकाश परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दलित मुक्ति मोर्चा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।