Logo

२०८३, श्रावण २७गते


images
images

शिक्षकका समस्या

आर्थिक संकटमा देवदहका सामूदायीक विद्यालय, निजिस्रोतका शिक्षक प्रत्यक्ष मारमा 

आर्थिक संकटमा देवदहका सामूदायीक विद्यालय, निजिस्रोतका शिक्षक प्रत्यक्ष मारमा 

सम्मानित शिक्षण पेशामा आवद्ध शिक्षकहरू कोहि दरबन्दी, कोहि राहत, कोहि अनुदान त कोहि निजि यस्ता कैयौं प्रक्रियाबाट नियुक्त गरिनुले राज्यकै स्पष्ट नीति र कार्यदिशा छैन र  टालटुले तरिकाले देशको शिक्षा प्रणाली चलिरहेको छ भन्ने देखाउँछ । 
images
  • आर्थिक संकटमा देवदहका सामूदायीक विद्यालय, निजिस्रोतका शिक्षक प्रत्यक्ष मारमा 
    नमूना फोटो
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा संचालित सामूदायिक विद्यालयहरु चरम आर्थिक संकटबाट गुज्रिईरहेका छन् । जसको प्रत्यक्ष मारमा निजिस्रोतबाट तलब पाउने गरि नियुक्त गरिएका शिक्षक कर्मचारी परेका छन् । 

    images
    images
    images

    देवदह-८ स्थित जनता माध्यमिक विद्यालयमा निजि स्रोतबाट अंग्रेजी माध्यममा अध्यापनरत ७ जना शिक्षकलाई तलब खुवाउने रकम नभएपछी जेठ महिनायता उनीहरुलाई विद्यालयमा हाजिरी गराईएको छैन । सेतोमसीसंग कुरा गर्दै विद्यालयका प्रधानाध्यापक चन्द्रकान्त पाण्डेले भने - "जनतन बैशाख महिनाको तलब खुवाईयो तर विद्यालयको आर्थिक अवस्था कमजोर भएकोले जेठ यताको तलब खुवाउन सकिएको छैन ।" उनका अनुसार कोरोना महामारीका कारण स्कुल बन्द रहेको र विद्यार्थीसंग शुल्क पनि नलिईएकोले निजि स्रोतबाट तलब व्यबस्थापन गर्न गाह्रो भएको हो ।  विद्यालय व्यवस्थापन समितिको बैठकले निर्णय नै गरेर तत्काललाई निजि स्रोतका शिक्षकहरुलाई बेतलवी विदामा राखिएको छ । 

    images
    images
    images

    त्यसैगरी, देवदहको नमूना सामूदायिक विद्यालय समेत भनेर चिनिएको केरवानी माध्यमिक विद्यालयलाई पनि निजि स्रोतका शिक्षकलाई तलब खुवाउन धौधौ परेको बताउँछन्, बिद्यालयका प्रधानाध्यापक दुर्गादत्त शर्मा । "जनतन असारसम्मको तलब खुवाईयो अब भने साह्रै मुस्किल छ" सेतोमसीसंग कुरा गर्दै प्र.अ. शर्माले भने । 

    images
    images
    images

    सोही विषयमा कुरा गर्दै देवदह माध्यमिक विद्यालयका प्रधानाध्यापक केशवप्रसाद घिमिरेले कोरोना महामारीका कारण आर्थिक संकट परेको बताए । "अहिलेसम्म त तलब खुवाईएको छ तर अब पनि यहि अवस्था रहे धेर नै गाह्रो हुन्छ" - प्रअ घिमिरेले भने । 

    हामीले यो विषयमा देवदह नगरपालिकाका शिक्षा शाखा प्रमुख टिकाराम शर्मासंग कुरा गर्दा विद्यालयहरूमा त्यसप्रकारको समस्या रहेको र केही विद्यालयका निजिस्रोतका शिक्षकले ज्ञापन पत्र पनि बुझाएको बताए । "यो कोरोना महामारीको कारण सिर्जित समस्या हो । विद्यालय बन्द भएको अवस्थामा निजिस्रोतका शिक्षक कर्मचारीलाई तलब खुवाउन गत साल पनि समस्या भएको र यो पटकपनि सोही समस्या दोहोरिएको छ" उनले भने । 

    यस विषयमा नगरपालिकाले केही हल दिन सक्ने अवस्था रहन्छ कि रहदैन भन्ने हाम्रो प्रश्नमा प्रमुख शर्माले नगरपालिकामा त्यसप्रकारको बजेट नहुने बताए । विद्यालयहरुमा अंग्रेजी र नेपाली गरि दुई माद्यमबाट अध्यापन भइरहेको हुनाले शिक्षक धेरै चाहिने तर स्रोतभने सोही आधारमा वृद्धि नहुने हुनाले यस्तो समस्या आउने गरेको उनको भनाई छ । 

    यद्यपि यो देवदहको मात्र नभएर देशकै समस्या हो । सम्मानित शिक्षण पेशामा आवद्ध शिक्षकहरू कोहि दरबन्दी, कोहि राहत, कोहि अनुदान त कोहि निजि यस्ता कैयौं प्रक्रियाबाट नियुक्त गरिनुले राज्यकै स्पष्ट नीति र कार्यदिशा छैन र  टालटुले तरिकाले देशको शिक्षा प्रणाली चलिरहेको छ भन्ने देखाउँछ । 

    कहिले अस्थायी शिक्षकले स्थायी हुनकालागी आन्दोलन गर्नुपर्ने, कहिले शिक्षक सेवाबाट आएका शिक्षकहरु हामीलाई पनि निजामती कर्मचारी सरह राष्ट्रसेवकको दर्जामा राख भन्दै आन्दोलित हुनुपर्ने त कहिले निजिस्रोतबाट न्युनतम तलब पाउने गरि नियुक्त गरिएका शिक्षकहरु हामीलाई तलब देउ भन्दै ज्ञापन पत्र बोकेर हिड्नुपर्ने । पवित्र शिक्षा क्षेत्रभित्रका यस्ता समस्याले अवश्य पनि विद्यार्थीमैत्री सिकाई एवं दक्ष र नैतिकवान्  नागरिक उत्पादनमा अवरोध पुर्याउँनेछ । सरोकारवाला निकायले बेलैमा यसबारे सोंच्न जरुरी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।