Logo

२०८३, आश्विन ९गते


images
images

बल्न थाल्यो नागस्थानमा ट्राफिक लाईट

बल्न थाल्यो नागस्थानमा ट्राफिक लाईट

images
  • सेतोमसी सहकर्मी
  • बल्न थाल्यो नागस्थानमा ट्राफिक लाईट
    images
    images

    FB_IMG_1617973098937.jpg
    महानगरीय ट्राफिक प्रहरी महाशाखाले राष्ट्रिय वाणिज्य वैंकसँग समन्वय गरि नागस्थानमा नयाँ ट्राफिक लाईट जडान गरी आजदेखि सञ्चालनमा ल्याएकोछ । 
    नयाँ जडान गरिएको ट्राफिक लाईट महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र राष्ट्रिय वाणिज्य वैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले स्वीच अन गरेर संयुक्त रूपमा उद्‍घाटन गर्नुभयो ।
    ट्राफिक व्यवस्थापनमा प्रविधिको प्रयोग गरि आवागमनमा सहजता ल्याउन चोक चोकमा ट्राफिक लाईट जडान गर्ने कार्यलाई तीव्रता दिइदै आएका छौं । प्रबिधिमार्फत ट्राफिक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमनमा सहजता आउनुको साथै सडक अनुशासन कायम गर्न र दुर्घटना न्युनिकरण समेत हुने एसएसपी भट्टराईले बताउनु भयो ।
    हामी ट्राफिक व्यवस्थापनलाई प्रबिधि तर्फ लग्न प्रयासरत छौ, यसको लागी सरकारी निकायका साथै बैंक बित्तिय संघसंस्थाहरु सँग समन्वय एव सहकार्यलाई निरन्तरता दिदै बिभिन्न चोकहरुमा एक पछि अर्को ट्राफिक लाईट जडान भैरहेका छन, त्यसैको परिणाम स्वरुप राष्ट्रिय बाणिज्य बैंकको सहयोगमा आजदेखि नागस्थानमा लाईट जडान संचालनमा ल्याउन सफल भएको छ ।
    कार्यक्रममा बोल्दै राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै बिभिन्न क्षेत्रमा सहयोगी कार्यहरु भैरहेका छन । महाशाखाको समन्वयमा लामो समयसम्म प्रत्यक्ष लाभ हुने र दैनिक सडक व्यवस्थापनमा हुने समस्यालाई ट्राफिक लाईटले सहयोगी भुमिका खेल्ने बताउनु भयो ।
    श्रेष्ठले काठमाडौं उपत्यकामा भइरहेको सवारी चाप, सडक दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिनुपर्ने र सहकार्यको लागी हामी सदैव तत्पर रहेको समेत व्यक्त गर्नुभयो । 
    कार्यक्रममा बोल्दै का.म.न.पा. वडा नं २२ का अध्यक्ष चिनकाजी महर्जनले पछिल्ला दिनहरुमा महाशाखाले बिभिन्न निकायहरुसँग सहकार्य गरि चोक चोकमा ट्राफिक लाईट जडान गरि प्रबिधीको प्रयोगलाई महत्व दिइ बिभिन्न समस्याहरुका बाबजुद सडक प्रयोगकर्ताको सेवा सुबिधामा अहोरात्र खटिदै आएकोमा बिशेष धन्यबाद्‌ समेत दिनुभयो ।
    अध्यक्ष महर्जनले ट्राफिक प्रहरीका पछिल्ला गतिबिधि एव कार्यले ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणमा खेलेको महत्वपुर्ण भुमिकाको समेत प्रशंसा गर्नुभयो ।
    उद्‌घाटन कार्यक्रममा महाशाखा प्रमुख, बैंकका पदाधिकारी, वडा अध्यक्ष र अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
    आजदेखी संचालनमा आएको ट्राफिक लाईट समेत गरि उपत्यकाको मुख्य मुख्य ३२ वटा चोकहरुमा ट्राफिक लाईटबाट ट्राफिक व्यवस्थापन हुने छ । 
    ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउदै दुर्घटना न्युनिकरणको लागी आगामी दिनहरुमा अन्य चोकहरुमा ट्राफिक लाईट जडानको लागी समन्वय एव सहकार्य गर्दै  जाने महाशाखाले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।