Logo

२०८३, आश्विन ९गते


images
images

बागेश्वरधाम सरकारले शाश्वतधाममा कथावाचन गर्ने

बागेश्वरधाम सरकारले शाश्वतधाममा कथावाचन गर्ने

images
  • बागेश्वरधाम सरकारले शाश्वतधाममा कथावाचन गर्ने
    images
    images

    काठमाडौं । भारत मध्यप्रदेशस्थित प्रख्यात धार्मिक केन्द्र बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वरधाम सरकार)ले शाश्वतधाममा हनुमन्त कथावाचन गर्ने भएका छन् ।

    images
    images
    images

    उनले २-४ भदौसम्म नेपालको शाश्वतधाममा हनुमन्त कथावाचन गर्ने चौधरी ग्रुपले जानकारी दिएको छ । बागेश्वरधाम सरकारका नामले चर्चित उनी आध्यात्मिक गुरूका रुपमा परिचित छन् ।

    images
    images
    images

    चौधरी ग्रुपद्वारा नवलपुरमा स्थापित शाश्वतधाममा नेपाल सहित भारतीय हिन्दु धर्मावलम्बीको आकर्षणका रुपमा रहेको छ ।

    images
    images
    images

    बागेश्वरधाम सरकारले सामाजिक सञ्जाल मार्फत भिडियो सन्देश दिंदै पुण्यभूमि नेपालस्थित सनातन धर्मको सर्वाधिक आस्थाको केन्द्रका रुपमा विकसित शाश्वतधाममा हनुमन्त कथा प्रवचनको अवसरलाई यस क्षेत्रका समस्त सनातन धर्मप्रति आस्थावान भक्तजनहरूले उपयोग गर्न आग्रह गरेका छन् ।


    चौधरी ग्रुप एवम् सीजीकर्प ग्लोबलका प्रबन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा बागेश्वरधाम सरकारको शाश्वतधाम कथावाचन यात्रा तय भएको चौधरी ग्रुपले जनाएको छ ।उनले शाश्वतधाममा कथावाचनमा जानु अगाडि १ भदौमा काठमाडौंमा पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ । सोही दिन उनी पशुपतिनाथको सन्ध्या आरतीमा समेत सहभागी हुने भएका छन् । त्यसपछि उनी नवलपुरस्थित शाश्वतधाम प्रस्थान गर्ने कार्यक्रम छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बागेश्वरधाम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।