Logo

२०८३, श्रावण २७गते


images
images

चाबहिलमा कार्यरत नापी अधिकृतविरुद्ध १ करोड ४ लाखको भ्रष्टाचार मुद्दा

चाबहिलमा कार्यरत नापी अधिकृतविरुद्ध १ करोड ४ लाखको भ्रष्टाचार मुद्दा

images
  • चाबहिलमा कार्यरत नापी अधिकृतविरुद्ध १ करोड ४ लाखको भ्रष्टाचार मुद्दा
    images
    images

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी अधिकृत राजु पुरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    images
    images
    images

    गैर कानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा नापी कार्यालय चाबहिलमा कार्यरत तत्कालीन नापी अधिकृत पुरीविरुद्ध रु. १ करोड, ४ लाख, ३ हजार, ९ सय ४१ रुपैयाँ ८३ पैसा बिगो कायम गरी आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

    images
    images
    images

    २०५२ साल पुस ०९ गते देखि २०७९ असार मसान्तसम्मको सवा अवधिमा नापी अधिकृत पुरीको आयतर्फ पारिश्रमिक बचत, अन्य भत्ता, विभिन्न बैंक वित्तीय संस्था तथा सहकारीबाट लिएको कर्जा, निजको नाममा रहेको जग्गा बिक्रीबापत प्राप्त आय, कृषि आय, घर तथा जग्गा बहाल आय, बिमा परिपक्व भई प्राप्त रकम, ब्याज आय र जग्गाको मुआब्जा प्राप्त आयसमेत गरी रु. १ करोड, १९ लाख, ७७ हजार, ७४८ रुपैयाँ ६९ प्राप्त गरेको र व्ययतर्फ श्रीमतीको नाममा जग्गा खरिद गर्दाको रकम र रजिष्‍ट्रेशन दस्तुर, घर निर्माण खर्च, अध्ययन खर्च, कर्जाको साँवा तथा व्याज भुक्तानी, शेयर खरिद, लाभ कर, विदेश भ्रमण खर्च, बिमा प्रिमियम, सवारी साधन खरिद र विद्युतीय सामान खरिदसमेत गरी रु. दुई करोड चौबीस लाख एकासी हजार छ सय नब्बे रुपैयाँ बाउन्न पैसा खर्च तथा लगानी गरेको देखिएको अख्तियारको ठहर छ । 

    images
    images
    images

    अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार व्ययको तुलनामा पुरीले प्राप्त गरेको आय रकम रु. एक करोड चार लाख तीन हजार नौ सय एकचालिस रुपैयाँ त्रियासी पैसा बराबरको खर्च तथा लगानी (सम्पत्ति) को वैधानिक स्रोत नखुलेको हो । 

    सार्वजनिक सेवाको पदमा बहाल रहँदा पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गर्नुका साथै अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि भएको प्रवक्ता दाहालले बताए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।