Logo

२०८३, आश्विन ९गते


images
images

 जनसांस्कृतिक महासंघ रूपन्देहीको जिल्ला सम्मेलन सम्पन्न 

 जनसांस्कृतिक महासंघ रूपन्देहीको जिल्ला सम्मेलन सम्पन्न 

images
  •  जनसांस्कृतिक महासंघ रूपन्देहीको जिल्ला सम्मेलन सम्पन्न 
    images
    images

     

    images
    images
    images

    बुटवल । जनसांस्कृतिक महासंघ नेपाल रूपन्देहीको जिल्ला सम्मेलन सम्पन्न भएको छ। शनिबार बुटवलस्थित सहिद स्मृति भवनमा भएको सम्मेलनले सुवास रिजालको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति चयन गरेको जनाइएको छ। 

    images
    images
    images

    जसको उपाध्यक्षमा उप प्रा. केशव बेलबासे र डा. चन्द्रभुषण दुबे, सचिवमा सरोज भण्डारी, सहसचिवमा विवेक शर्मा, कोषाध्यक्षमा हिरादेवी शर्मा र सदस्यहरूमामा सुरज घिमिरे, महेन्द्र कुर्मी, खेम प्रसाद गुरुङ लगायत रहेको महासंघले जनाएको छ। 

    images
    images
    images

    साथै जिल्ला सल्लाहकारमा प्रा. डा. नारायण वेलाबासे, रुद्र शर्मा 'दुखी', रिज्जु श्रेष्ठ, यज्ञलाल सुवेदी र सुजित विक रहेको जनाइएको छ। 

    सम्मेलनमा बोल्दै नेकपा (माओवादी केन्द्र)का रुपन्देही संयोजक निर्मल जिसीले जनयुद्ध र जनआन्दाेलनकाे विकासको क्रममा तथा अहिलेकाे व्यवस्था र उपलब्धि प्राप्तिमा सांस्कृतिक माेर्चाकाे भूमिका भएको बताए। रुपन्देही सांस्कृतिक आन्दाेलनकाे याैटा छुट्टै विरासत बाेकेकाे जिल्ला भएकाले यस क्षेत्रमा महासङ्घले जनयुद्धकाे साैन्दर्यशास्त्र, उपलव्धीलाई सिर्जनाका माध्यमबाट विकास गर्नुपर्ने र महासंङ्घलाई नयाँ ढङ्गबाट अगाडि बढाउन सुझाव दिँदै उनले यसका लागि जिल्ला पार्टीका तर्फबाट आफुले सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य सुजित विक,रिज्जु श्रेष्ठ, महासघंका प्रदेश अध्यक्ष कविराज पौडेल, फ्याक्सन इंचार्ज   चन्द्रप्रकाश घर्ती, वरिष्ठ साहित्यकार गुरुदत्त ज्ञवाली,मार्क्सवादी ज्ञानकेन्द्रका सुदीप न्याैपाने, ललितकला संघ लुम्बिनी प्रदेशका संयाेजक खेम विक,  लगायतको उपस्थिति रहेको थियो।

    कार्यक्रममा कलाकार तथा स्रष्टाहरूले गीत तथा कविताहरू प्रस्तुत गरेका थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।