Logo

२०८३, कार्तिक २७गते


images
images

लोकनृत्य प्रतियोगिता सम्पन्न : मदर टङ्स एकेडेमी प्रथम

लोकनृत्य प्रतियोगिता सम्पन्न : मदर टङ्स एकेडेमी प्रथम

images
  • लोकनृत्य प्रतियोगिता सम्पन्न : मदर टङ्स एकेडेमी प्रथम
    images

    देवदह । देवदहमा माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल प्याब्सन देवदहको आयोजनामा प्याब्सन विद्यालयहरू बीच मा.वि स्तरीय लोकनृत्य प्रतियोगिता सम्पन्न भएको हो । 

    images
    images
    images

    प्रतियोगितामा देवदह मदर टङ्स एकेडेमीले प्रथम, एसियन लाइट बोडिङ्ग स्कुल द्वितीय, ग्रिन प्लान्ट आवासीय मावि तृतीय र बुद्ध पब्लिक आवासीय माविले सान्त्वना स्थान हासिल गरेका छन् । 

    images
    images
    images

    सोही अवसरमा प्याब्सन देवदहले विद्यार्थी तथा अभिभावकलाई सम्मान गरेको छ । प्याब्सन देवदहले एस ई ई परीक्षामा उत्कृष्ट अङ्क ल्याई उर्तिण गर्ने विद्यार्थीहरूलाई सम्मान गरेको हो। कार्यक्रममा आधारभूत तहको परीक्षामा नगरभरी उत्कृष्ट अङ्क ल्याउने ग्रिनप्लान्ट आवासीय माविका विद्यार्थी आरएन धमलालाई समेत सम्मान गरिएको थियो।

    images
    images

    कार्यक्रममा नगर शिक्षा अधिकृत पर्शुराम ढकाल, प्याब्सन रूपन्देहीका बरिष्ठ उपाध्यक्ष एकनारायण काफ्ले, सहसचिव बोधराज गौडेल, प्याब्सन देवदहका सल्लाहकार महेश पराजुली लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

    प्याब्सन देवदहका कोषाध्यक्ष टिकाराम चापागाईँको स्वागत र सचिव कृष्णप्रसाद गैरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । यसैगरी प्याब्सन देवदहमा आवद्ध शिशु कक्षाका शिक्षकहरूलाई मन्टेश्वरी तालिम प्रदान गरिएको छ । तालिमको सानु अमात्यले सहजीकरण गर्नु भएको प्याव्सन देवदहले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।