देवदह । देवदहमा प्रथम १९ वर्ष मुनि सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । कोलुवा फुटबल क्लबको आयोजनामा देवदह वडा नं ५ कोलुवा स्थित खेल मैदानमा खेल सुरु भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् देवदह नगरपालिका वडा नं ५ सदस्य विमला दर्लामीले खेलकुदको क्षेत्रमा वडाले गर्न पर्ने सहयोग निरन्तर गरेको बताइन् । उनले केही समय पछि हुने मेयर कप फुटबल प्रतियोगितामा कोलुवा फुटबल क्लबको खेल हेर्न पाउने अपेक्षा सहित शुभकामना दिएकी थिइन।
देवदह भित्र पढाइसँगसँगै खेलकुदलाई पनि अगाडि बढाउनकोलागि आयोजना गरिएको कोलुवा फुटबल क्लबका अध्यक्ष सन्तु घर्ती मगरले बताए। उनले सेभेन साइड फुटबल प्रतियोगितामा २२ वटा टिमले दर्ता गरेको जानकारी दिए ।
खेलमा बिजेतालाइ टिमलाई १५ हजार ५ सय ५५ रुपैयाँ सहित सिल्ड, मेडल र प्रमाणपत्र, उपबिजेतालाई ७ हजार ७ सय ७७ रुपैयाँ सहित सिल्ड, मेडल र प्रमाणपत्र रहेको आयोजकले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology