Logo

२०८३, आश्विन ९गते


images
images

माओवादीको कार्वाहीमा परि पदमुक्त भएका ४ मन्त्रीको पुनर्नियुक्ति, आजै ५ बजे शपथ

माओवादीको कार्वाहीमा परि पदमुक्त भएका ४ मन्त्रीको पुनर्नियुक्ति, आजै ५ बजे शपथ

images
  • सेतोमसी सहकर्मी
  • माओवादीको कार्वाहीमा परि पदमुक्त भएका ४ मन्त्रीको पुनर्नियुक्ति, आजै ५ बजे शपथ
    images
    images

    २७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद पद गुमाएका चार पुर्व माओवादी नेतालाई  शुक्रबार फेरि नियुक्त गरि शपथ गराउने भएका छन् ।

    images
    images
    images

    माओवादी केन्द्र छाडेर हालै एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पदमा पुनर्नियुक्तिको सिफारिस गरेका हुन् ।

    images
    images
    images

    उनीहरुको शपथ कार्यक्रम शुक्रबार साँझ ५ बजे तोकिएको छ ।

    images
    images
    images

    हालै एमाले केन्द्रीय सदस्यमा मनोनीत भएका उनीहरुलाई नेकपा माओवादी केन्द्रले दलबाट निष्कासनको कारबाही गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐनमा सांसदलाई निर्वाचित भएको दलले निश्कासन गरेपछि सांसद पदबाट पनि पदमुक्त हुने व्यवस्था छ ।

    माओवादी केन्द्रले कारबाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार संसद बैठकमा वाचन गरेपछि चारैजना मन्त्रीको सांसद पद खारेज भएको थियो भने सांसदहरुको हैसियतमा पाएको मन्त्री पदबाट पनि पदमुक्त भएका थिए ।

    पदमुक्त भएका उनीहरुलाई प्रधानमन्त्री ओलीले पुनः नियुक्तिका लागि सिफारिस गरेका हुन् । सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्था छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।