Logo

२०८३, कार्तिक २७गते


images
images

पानबारी जग्गा प्रकरण

देवदहको पानबारी जग्गा प्रकरण : पत्रकार सम्मेलनमा कसले के भने ? क्याम्पस प्रमुख के भन्छन् ?

देवदहको पानबारी जग्गा प्रकरण : पत्रकार सम्मेलनमा कसले के भने ? क्याम्पस प्रमुख के भन्छन् ?

images
  • देवदहको पानबारी जग्गा प्रकरण : पत्रकार सम्मेलनमा कसले के भने ? क्याम्पस  प्रमुख के भन्छन्  ?
    images

    देवदह । देशको मुख्य प्रशासनिक केन्द्र काठमाडौंको ललिता निवास प्रकरण यतिबेला चर्चामा छ। जहाँ राजनीतिक, प्रशासनिक र आर्थिक शक्तिको आडमा केही व्यक्तिले राज्यको सम्पत्ति आफ्नो नाममा गरेको र अर्बौं रकमको चलखेल समेत भएको विषयमा अनुसन्धान जारी छ र केही व्यक्ति प्रहरी हिरासतमा छन्।  सार्वजनिक जग्गा अतिक्रमण यो देशको आजको समस्या होईन,  वर्षौदेखि कहिले सुकुम्बासीको नाममा त कहिले राजनितिक तथा आर्थिक शक्तिको आडमा सार्वजनिक जग्गा अतिक्रमण आज पनि जारी छ। सोहि कारण नेपाल सरकारले यसअघि २० बुदें निर्देशन जारी गर्दै  स्थानिय सरकारलाई सार्वजनिक जग्गा संरक्षण गर्न निर्देशन नै गरेको छ। 

    images
    images
    images

    यसै सन्दर्भमा शुक्रबार देवदहको पानबारी खेल मैदान क्षेत्रमा पत्रकार सम्मेलन गरि स्थानिय युवाहरूले देवदहमा पनि सार्वजनिक जग्गा व्यक्तिको नाममा देखिएको जनाएका छन्। देवदह -५ पानबारी क्षेत्रको करिव डेढ विगाहा सार्वजनिक जग्गा स्थानीय राजनीतिक दलका शिर्ष नेताले आफ्नो नाममा गरेको बताउंदै उनीहरूले आवश्यक कारवाहीको माग गरे । 

    images
    images
    images

    पत्रकार सम्मेलनमा कसले के भने ?

    शुक्रबार बिहान पत्रकार र स्थानिय युवाहरूको विचमा बोल्दै देवदह-४ निवासी अधिवक्ता छवि भट्टराईले विक्रम सम्बत २०६६ सालमा क्याम्पस बनाउने कार्यको थालनी भएको  र त्यसको लागि पानबारी खेलमैदानको उत्तरतर्फ बैकुण्ठनगरमा रहेको पाँच विगाहा सार्वजनिक जग्गा मध्ये तात्कालिक देवदह गाउँ विकास समितिबाट क्याम्पसलाई डेढ विगाह जग्गा प्रदान गर्ने निर्णय भएको बताए। तर तत्कालिन अवस्थामा देवदहका ठूला दलका शिर्ष नेताले क्याम्पसको भवन निर्माण गर्नको निम्ति गाविसबाट पाएको जग्गा आफु-आफु मिलेर आफु र आफु निकटको नाममा नामसारी गरेको उनको आरोप छ। 

    images
    images

    आफूहरूसंगको कुराकानीमा ३६ लाखमा जग्गा बिक्रि गरि उक्त रकम क्याम्पसको भवन निर्माण कार्यमा खर्चिएको क्याम्पस प्रमुख मित्रलाल न्यौपानेले बताए पनि हिसाब प्रष्ट नभएको उनले बताए ।  "३६ लाखमा बिक्रि भएको भन्ने छ तर हामीसंग प्राप्त प्रमाण हेर्दा जग्गा ५१-५२ लाखमा विक्री गरिएको प्रष्ट हुन्छ, बाँकी रकम कहाँ गयो? " उनले पत्रकार सम्मेलनमा भने। 

    विक्रम सम्बत २०७१ जेठ १ गते आइतबारका दिन क्याम्पस मातहतको उक्त जग्गा हालका देवदह नगर प्रमुख समेत रहेका क्याम्पस अध्यक्ष ध्रुवप्रसाद खरेल र क्याम्पस प्रमुख मित्रलाल न्यौपानेले हस्ताक्षर गरि बिक्रि गरेको प्रमाण सार्वजनिक गर्दै अधिवक्ता भट्टराईले भने, "हिसाब पारदर्शी नहुनु, पटक पटक हिसाब सार्वजनिक  गर्न अनुरोध गर्दा त्यसो नगरिनु र जग्गा स्थानिय ठुला भनिने दलका मुख्य नेता र उनका नजिकका मान्छेको नाममा हुनुले अनियमितता भएको प्रष्ट देखिन्छ, हामी यो विषय अदालतमा लैजान्छौं र कानूनी लडाईं लड्छौं।"

    त्यसैगरी अर्का स्थानिय युवा प्रेम थापाले बैकुण्ठनगर जग्गामा ठुलो भ्रष्टचार भएको र उक्त भ्रष्टचारमा आफुलाई नेता तथा समाजसेवी भन्नेहरूको नै संलग्नता देखिएको बताए । सो क्रममा उनले क्याम्पसको जग्गा खरिद गर्ने १८ जनाको नाम सार्वजनिक गरे।  थापाका अनुसार कृष्णहरी सापकोटा, दुर्गालाल तिवारी, भिमलाल तिवारी, पदम पाण्डे, कृष्ण चापागाईं, धनलाल भुसाल, थानेश्वर कंडेल, बासुदेव रिमाल, ऋषि लामिछाने, मित्रलाल न्यौपाने, जीवलाल पराजुली, विनोद पराजुली, नमराज पुरी, सुरेन्द्र पोखरेल, निलकण्ठ पौडेल, लिलाधर मरासिनी, तुलसी न्यौपाने र लक्ष्मी कंडेलले तत्कालिन अवस्थामा क्याम्पसको जग्गा खरिद गरेका थिए।  अहिले केही जग्गा उनीहरूले समेत विक्री गरी तेस्रो व्यक्तिको नाममा गैसकेको उनको दावी छ । 

    आफूहरूको 'बटमलाईन' जग्गा व्यक्तिको नामबाट फिर्ता गरेर नगरपालिकाको मातहतमा ल्याईनुपर्ने रहेको बताउदै उनले नगरपालिकाले जग्गाको संरक्षण नगरे स्थानीयले तारबार गरेर जग्गाको संरक्षण गर्नुपर्ने बताए। आफूहरू क्याम्पस प्रशासन र नगरपालिकासंग पटकपटक छलफलमा बसेको र जग्गा फिर्ता गर्न अनुरोध गरेको जानकारी दिंदै थापाले सहज ढंगले उनीहरूले जग्गा फिर्ता गर्ने नदेखिएपछि बाध्य भएर नाम सार्वजनिक गरिएको बताए। १८ जनामध्ये केही व्यक्तिले आफूले दुःख गरेर कमाएको रकम जग्गामा लगानी गरेको हुनसक्ने उल्लेख गर्दै उनले सर्वसाधारणको रकम फिर्ता हूनुपर्ने माग समेत गरे ।  

    बैकुण्ठनगरमा मात्रै नभएर देवदहको शितलनगर-वनचौकी, टटेरा र भलुहीमा समेत यसरी नै सार्वजनिक जग्गा विभिन्न व्यक्तिको नाममा क्याम्पसले अनाधिकृत बिक्रि गरेकोले यसलाई गम्भीर रूपमा लिनुपर्ने थापाले बताए। "यो सामान्य विषय होइन, सार्वजनिक जग्गालाई योजनाबद्ध रूपमा क्याम्पसको मातहतमा ल्याउने अनि उक्त जग्गा केही खल्तीका नेता कार्यकर्तालाई कौडीको भाउमा बिक्रि गर्ने र त्यसको समेत हिसाबकिताब नराख्ने विषय खतरनाक छ, यसलाई गम्भीरतापुर्वक लिनुपर्छ" उनले भने। 

    अर्का स्थानीय शिव अर्यालले पानबारीको खेलमैदानलाई प्लटिंग गरेर आदर्श कलोनि बनाउन तत्कालिन अवस्थामा तिनै नेता लागिपरेको र आफु लगायत स्थानीयको बिरोधपछि रोकिएको बताए। उनले भने, "पानाबारी खेलमैदान नै प्लटिंग गर्ने र बेच्ने योजना थियो, म लगायत स्थानीय युवाको विरोधका कारण सम्भव नभएपछि त्यही समूहले बैकुण्ठनगरको डेढ विगाहा सार्वजनिक जग्गा हिनामिना गर्यो र व्यक्तिको नाममा नामसारी गरियो।"

    देवदहमा भ्रष्टाचारले सिमा नाघेको बताउदै उनले पानबारी खेल मैदान स्तरीकरण गर्नको लागि ८७ लाख बिनियोजन गरि भुक्तानी समेत भएको तर मैदानमा ८७ रूपैयाँको समेत काम नभएको भन्दै आक्रोश पोखे। 

    आधिकारीक धारणासहित सत्य-तथ्य सार्वजनिक गर्छौं : क्याम्पस प्रमुख न्यौपाने 

    जग्गाको विषयमा क्याम्पसमाथि उठेका प्रश्नमा तपाईंहरूको आधिकारिक भनाई के हो भन्ने प्रश्नमा क्याम्पस प्रमुख मित्रलाल न्यौपानेले छलफल गरेर क्याम्पसको आधिकारिक धारणासहित सत्य तथ्य सार्वजनिक गर्ने बताए। "अध्यक्ष ज्यू बाहिर हुनुहुन्छ, उहाँ आएपछि क्याम्पसको आधिकारिक धारणा र सत्य तथ्य सार्वजनिक हुन्छ, यसरी हुँदै नभएका नाम समेत सार्वजनिक गरेर चरित्रहत्या गरिनु राम्रो होइन। यहाँका जनताको साथ र सहयोगमा यो क्याम्पस बनेको हो, सत्य तथ्य हामी सार्वजनिक गर्छौं" उनले भने। 

    तत्कालिन अवस्थामा देवदहमा क्याम्पस निर्माणको पवित्र उद्धेश्य सहित सबै दलको सहमतिमा आवश्यक निर्णय लिईएको र त्यसैको परिणाम स्वरूप आज देवदह आदर्श बहुमुखी क्याम्पस अस्तित्वमा रहेकोले विषयबस्तुलाई सकारात्मक ढंगले हेर्नुपर्ने उनको तर्क छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।