Logo

२०८३, आश्विन ९गते


images
images

कोशीमा सात दिनभित्र सरकार बन्छ : उद्धव थापा

कोशीमा सात दिनभित्र सरकार बन्छ : उद्धव थापा

images
  • कोशीमा सात दिनभित्र सरकार बन्छ : उद्धव थापा
    images
    images

    काठमाडौं । सर्वोच्च अदालतको फैसलाले कोशी प्रदेशको मुख्यमन्त्रीको पद गुमाएका उद्धव थापाले सात दिनभित्र पुनः गठबन्धनले आफ्नो नेतृत्वमा सरकार बनाउने बताएका छन् ।

    images
    images
    images

     कुराकानीमा थापाले आफ्नो नेतृत्व सरकारको विषयमा सर्वोच्च अदालतले गरेको फैसला आफूलाई मान्य भएको पनि बताए ।

    images
    images
    images

    ‘सर्वोच्चले गरेको निर्णय मेरो लागि स्वीकार्य छ । हामी ऐन, नियम, कानुन, संविधान मान्ने पार्टी र व्यक्ति हौँ । सर्वोच्चको श्रीमान्‌हरूले गरेको निर्णयलाई मैले गलत छ भन्न मिल्दैन, जे निर्णय भएको छ त्यो ठीक छ,’ थापाले भने, ‘त्यो निर्णयप्रति मेरो समर्थन छ बाँकी कुनै प्रतिक्रिया छैन ।’

    images
    images
    images

    सात दिनभित्र नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन सर्वोच्चले आदेश दिएको छ, अब पनि सरकार कांग्रेसकै बन्छ भन्ने प्रश्नमा थापाले कांग्रेसले नै नेतृत्व लिने बताए ।

    ‘पुनः प्रक्रियाबाट आउनुपर्छ, गठबन्धनबाट कांग्रेसले नै नेतृत्व लिएर तोकिएको समयभित्र सरकार बनाउँछ,’ थापाले भने ।

    बिहीबार सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति रद्द गरिदिएको छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त हुने आदेश गरेको हो ।

    सर्वोच्चले कोशीमा सात दिनभित्र नयाँ सरकार गठनको प्रक्रिया बढाउन भनेको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम अर्को सरकार गठन गर्ने विकल्प रहेसम्म सो विकल्प अपनाउनु वाञ्छनीय देखिएको आदेशमा भनिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उद्धव थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।