गुल्मी। बारीभरी भर्खर धानसुत्लाे गर्दै गरेका मकै तर यहि मकै जाेगाउन रुरुक्षेत्र ३ की भुन कुमारी सनानीलाई हम्मेहम्मे परेकाे छ । रुरुक्षेत्र ३ मा बसाेवास भएपनि उनकाे खेतिपाती रुरुक्षेत्र गाउँपालिका वडा नं १ च्यूरेकमा छ ।
उनी याे बर्खामास बिहानै झिसमिसेमा बारीमा आईपुग्छिन । हातमा गुलेली लिएर दिनभरी बाँदर र ढेँडुवा लखेट्दा दिन बित्छ । साँझ बाँदर बास बसेपछि घर फर्किन्छन्।
´ढेँडुवा बाँदरले यति दुख दिएकि कहिलेकाहीँ त दिनभरी भाेकै बस्नु पर्छ, एकातिर बाट लखेट्याे अर्काे तिरबाट आएर खान्छन दुईपटक त मकै खाई सके साह्रै सकस भयाे मकै जाेगाउन´ उनले भनिन्।
उनी जस्तै कमला विककाे समस्या पनि उस्तै छ ।उनीपनि एकाविहानै मकैबारीमा पुग्नु र दिनभरि बाँदर लखेट्नु उनकाे दिनचर्या हाे ।
`मकै फल्याे भने आटाे खान, बाख्रा भैँसिलाई कुँडाे हुन्थ्यो सक्दै सकिएन ढेँडुवा बाँदर सँग कसरी जाेगाउनु लामाे सुस्केरा काड्दै´ उनले भनिन् ।
उता रुरुक्षेत्र ३ की रुपा विकलाई पनि बाँरर ढेँडुवाले दिक्क पारेकाे छ । अझै उनकाे जँगलकाे छेउमै मकैबारी छ र ढेँडुवा बाँदरको बास त्यहीँ हुन्छ ।
बिगतकाे तुलनामा यस पटक रुरुक्षेत्रकाे च्यूरेक क्षेत्रमा बाँदर, ढेँडुवाकाे बिगबिगी बढी छ। पहिला जंगलकाे छेउछाउ तिर मात्रै बाँदर ढेँडुवा आएपनि केही वर्ष देखि गाउँकाे मध्यभागमा बाँदरका हुल पसेर मकै खान थालेका छन्। याे हप्तामात्रै रुरुक्षेत्रकाे ठाडाबाट क्षेत्रमा करिब आधा दर्जन बासिन्दा हरुका भर्खर पसाउँदै गरेका मकै च्यातेर नाेक्सान गरेका छन् ।
यतिबेला हरेक किसानकाे एउटै प्रश्न हुन्छ बाँदर ढेँडुवा कता छन ? हुनपनि खेति जाेगाउने पिरलाे हुने नै भयाे । च्यूृरेक क्षेत्रकाे स्यालपाेखरी देखि रातामाटा सम्मकाे क्षेत्र बाँदर प्रभावित क्षेत्र हाे । जहाँ याे सिजनमा मकै खेति हुन्छ र मकैनै याे क्षेत्रकाे प्रमुख बाली हाे ।
यतिबेला हरेक घरका बारीका डाेरामा ढेँडुवा र बाँदरबाट मकै जाेगाउन स्थानीय हरु रुँग्न बसेकै भेटिन्छन। पछिल्लो चरणमा याे क्षेत्रमा दुई तीन हुल छुट्टाछुट्टै बाँदर र ढेँडुवा देखिएका छन्। एउटा हुललाई एकातिर लखेटे अर्काे हुल बारीमा पस्छ ।
रुरुक्षेत्र वडा न ३ मा त बाँदर लखेट्ने खेताला समेत राखिएको छ तर बाँदर लखेट्ने ठाउँ छैन ।अर्काे वडामा र अरुकाे क्षेत्रमा लखेट्ने कुरा भएन ।
रुरुक्षेत्र ३ मा बाँदर लखेट्ने व्यवस्था भएपछि वडा न १ मा पनि बाँदर लखेट्ने खेताला राख्न दवाव बढेकाे छ ।
गाउँघर त्यसैपनि रित्तो हुँदै गर्दा भएकाहरुका लागि पनि बाँदर र ढेँडुवा समस्य बनेका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology