रुपन्देही। देवदहको पुरातात्विक क्षेत्रको रुपमा रहेको खयरडाँडा क्षेत्र उत्खनन् गर्ने टोलिलाई देवदह नगरपालिकाले सम्मान गरेको छ ।
मंगलबार पालिकामा सम्मान कार्यक्रम आयोजना गरि वरिष्ठ पुरातत्व अधिकृत हिमाल कुमार उप्रेती, नवराज अधिकारी, चन्द्र प्रकाश पाठक, अख्तर हुसेन मुसलमान, सुभेक्षा पोख्रेल, अम्बिका सुब्बा, हरि प्रसाद भुसाल र निशा पन्थीलाई प्रमाणपत्र र खादाले सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।
सम्मान कार्यक्रममा बोल्दै नगरपलिका प्रमुख धुर्व खरेलले उत्खनन टोलिलाई धन्यवाद दिदै नगरपालिकाले आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेटमा समेत पुरातात्त्विक महत्त्व बोकेका स्थानको उत्खनन् कार्यक्रम ल्याएका कारण उत्खनन निरन्तर चल्ने बताए । उनले देवदह पर्यटनहबको रुपमा बिकास गर्ने योजनामा समेत नगरपालिकालागि परेको जानकारी दिए ।
लुम्विनी विकास कोष र देवदह नगरपालिकाको पहलमा पुरातत्व विभागद्धारा बैशाख १२ देखि असार १५ सम्म उत्खनन कार्य भएको थीयो ।
उत्खनन् क्रममा करिब १४ देखि १६ औं शताब्दीको जस्तो देखिने भग्नावशेष, माटोको भाडा र इनार भेटिएको नगरपालिकाले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology