काठमाडौं । बिहीबार शेयर बजार परिसूचक नेप्सेमा सामान्य अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक १.३१ अङ्कले घटेर २१६३.९२ अङ्कमा सीमित भएको छ ।
आजको कारोबारमा विभिन्न २६४ कम्पनीका ८४ लाख २४ हजार १०८ कित्ता शेयर ३ अर्ब ५ करोड २४ लाख १० हजार ६५९ को कारोबार भएको छ ।
यस दिनको कारोबारमा बैंकिङ, विकास बैंक, जलविद्युत् उत्पादन तथा प्रशोधन र व्यापार समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ ।
बैंकिङ समूह १.२५, विकास बैंक १०.९६, जलविद्युत् २२.३८, उत्पादन तथा प्रशोधन ८२.०२ र व्यापार समूह १७७.६६ अङ्कले बढेका छन् ।
साथै निर्जीवन बीमा समूह १३२.०७ र जीवन बीमा समूहको उपसूचक १२२.०६ अङ्कले घटेका छन् । त्यस्तै वित्त समूह १५.६९, होटल तथा पर्यटन समूह २१.४६, लगानी ०.३२, लघुवित्त २५.२९ र म्युचुअल फन्ड ०.१८ अङ्कले घटेका छन् ।
आजको कारोबारमा विशाल बजार कम्पनी लिमिटेड र लिबर्टी इनर्जी कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सिटिजन्स म्युचुअल फन्ड-२ र कुमारी इक्विटी फन्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको १४ करोड २३ लाख १७ हजार ८७ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको तीन लाख ३० हजार १३५ कित्ता शेयर किनबेच भएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology