Logo

२०८३, आश्विन ९गते


images
images

साउन विशेष

हरियो साउन, हरिया चुरा र मेहेन्दी

हरियो साउन, हरिया चुरा र मेहेन्दी

images
  • हरियो साउन, हरिया चुरा र मेहेन्दी
    images
    images

    रुपन्देही देवदह नगरपालिका ५ कलुवाकि सुबानी न्यौपानेले साउनको पहिलो दिन दुवै हातमा हरियो चुरा लगाइन्।

    images
    images
    images

    सुनवलकि अस्मिता अधिकारी र भुमहीकि पुजा लम्सालले पनि हरियो चुरासँगै मेहन्दीले हात सजाए। 

    images
    images
    images

    यतिबेला प्रायः महिलाका नाडी हरिया चुरामा सजिएको देखिन्छ। साउन लागे लगत्तै हिन्दु महिलामा छुट्टै उत्साह र उमंग छाएको छ। रातो, पहेँलो र हरियो चुरापोते तथा कपडा महिलाहरूको रोजाइमा परेको छ। पछिल्ला वर्षमा किशोरीमा समेत मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढेको छ। ‘क्रेज’ बढ्नुलाई धार्मिक विश्वास तथा फेसनका रूपमा लिन सकिन्छ । विशेषगरी साउनको सोमबार शिवजीको व्रत र पूजा गर्ने चलन छ। यद्यपि, यस महिनाका सबै दिन उत्तिकै महत्वका साथ लिइन्छ।

    images
    images
    images

    चुरा पसलमा भेटिएकी पुजाले आफूले धार्मिक विश्वासका कारण चुरा लगाएको बताउँछिन्। ‘साउनमा हरियो चुरा लगाउँदा चिताएको पुग्छ भन्छन्, मैले पनि लगाएँ,’ उनले भनिन्। 

    साउन महिना धार्मिक, सांस्कृतिक एवं प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण भएकाले महिनाभरि आफू हरियो चुरा लगाउने केउलि रमा मगरको भनाइ छ । 

    Picsart_23-07-20_09-54-55-295.jpg

    सुनवलकी लक्ष्मी पौडेलले साउने संक्रान्तिका दिन परम्परादेखि चलिआएको लुतो फाल्ने चलन विस्तारै हराउँदै गएको तर हरियो चुरा तथा मेहन्दी लगाउनेको संख्याचाहिँ वर्षैंपिच्छे बढ्दै गएको बताइन्। ‘परिवारमा भएका सदस्यका हत्केला र पाखुरामा मेहन्दी तथा चुरा देखेपछि सबैले रहरले लगाउने गरेका छन्,’ उनले भनिन्, ‘घरभरि सबैले लगाएका छन्, कसैको हात खाली छैन।’

    कतिपयले हरियो चुरा लगाइसकेपछि चुकाउनु या फुटाउनु हुँदैन भनेर महिनाभर होसियारी अपनाउने गर्दछन्। साउनमा शृंगारका सामान अन्य महिनाको तुलनामा निकै बिक्री हुने व्यापारीहरू बताउँछन्। साउनको पहिलो दिनदेखि नै बजारमा रहेका शृंगार सामानका पसलमा चुरापोते, हरिया, राता, पहेँला बस्त्र खरिदकर्ताका भिड बढेसँगै व्यापार बढिरहेको व्यापारीहरूको भनाइ छ।

    यस महिनाको सोमबार शिवको मन्दिरमा पूजा गर्न जाने महिलाको घुइँचो हुने गर्छ। विशेषगरी विवाहित महिला यसमा सहभागी हुने र व्रत पनि बस्ने गर्छन्। महिलाहरूले पतिको सुख, शान्ति र दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्दछन्। हरियो चुरा पोते लगाउने शास्त्रीय मान्यता नभए पनि यसको चलन बढ्दो  छ । 

    हातमा हरियो, रातो र पहेँलो चुरा लगाएर शिवजीको पूजा गर्दा खुसी बढ्ने कतिपय महिलाहरू बताउँछन्। महिलाहरू आफ्नो श्रीमानको  सुस्वास्थ्यको लागि सोमबारको व्रत बस्ने विश्वास गरिन्छ। यो एउटा आस्था पनि हो। सबै हिन्दू नारीको साउन महिना चाड बन्न पुगेको छ।

    कतिपयले यसलाई अनावश्यक तडकभडकको रूपमा पनि मनाउन थालेका छन्। नेपालमा मात्र नभएर विदेशमा पनि यो चलन फस्टाएको देखिन्छ । 

    Picsart_23-07-20_09-53-37-494.jpg

    हरियो चुरा र मेहन्दी बन्यो फेसन

    हिन्दू धर्म संस्कृति मान्ने महिलाहरूमा मात्र सीमित मेहन्दी र चुरा हिजोआज सबैजसो महिला र युवतीको रोजाइमा पर्छ ।‘पहिले गाउँघरमा मेहन्दी पाइँदैन थियो । मेहन्दी लगाउने चलन पनि थिएन। महिलाहरूले आँगन र बारी जताततै पाइने तिउरे फूलको पात हत्केलामा दल्थे। हिजोआज तिउरेको ठाउँ मेहन्दीले लिएको छ,’  सुनवलकी ८२ वर्षीय बिष्णु माया अधिकारीले भनिन् । साउनमा हरियो चुरा/मेहन्दी लगाउँदा आफ्नो घरमा राम्रो हुने तथा सर्पदंशलाई जोगिइने विश्वास छ। 

    पौराणिक मान्यता 

    पौराणिक मान्यता अनुसार साउन महिना शिवको महिनाका रुपमा लिइन्छ। पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर ‘भगवान शिव’लाई प्राप्त गरेको प्राचीन विश्वासको आधारमा महिलाहरूले यसलाई बढी महत्वको रुपमा लिने गर्छन्। साउनमा हरियो पहिरदा शिव खुसी हुने धार्मिक विश्वास छ । हरियो रङ्ग प्रकृति, उर्वरता, बहुलता, सौभाग्य र सकारात्मक उर्जाको वृद्धिको प्रतीक रहेको पनि कतिपयको बुझाइ छ। 

    हरियो उपचारको रङ्ग पनि हो जो मुटसँग जोडिएको हुन्छ। उच्च रक्तचापको समस्याका लागि पनि हरियो राम्रो मानिन्छ। विवाहित जोडीको सुमधुर सम्बन्धमा पनि ‘बेडरुम’को दक्षिण पूर्वी हिस्सामा हरियो रङ लगाएमा दाम्पत्य जीवन सुखी हुन्छ भन्ने वास्तुशास्त्रमा उल्लेख गरिएको छ।

     

    chura_mehandi__1_.jpg

    किन लगाइन्छ हरियो ?

    पण्डित त्रिभुवन न्यौपानेका अनुसार हरियो रङ सौभाग्यको प्रतीक हो। श्रावण महिना हरियालीको महिना पनि हो र यो महिना प्रकृतिसँग आफूलाई जोड्ने महिना पनि हो। यस महिनामा हरियो रङका कपडा लगाएर प्रकृतिसँग नजिकिने गरिएको हो। शास्त्रमा प्रकृतिलाई ईश्वरको रुपमा लिइन्छ। हरियो चुरा र साडी लगाएर नारीले प्रकृतिलाई विशेष पुजा गरेमा आफू र पतिको आयु समेत बढ्ने धार्मिक विश्वास छ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।