Logo

२०८३, आश्विन १०गते


images
images

संस्थागत विद्यालयलाई बुटवल उपमहानगरको निर्देशन - 'शुल्क वृद्धि नगर्नु'

संस्थागत विद्यालयलाई बुटवल उपमहानगरको निर्देशन - 'शुल्क वृद्धि नगर्नु'

images
  • संस्थागत विद्यालयलाई बुटवल  उपमहानगरको निर्देशन - 'शुल्क वृद्धि नगर्नु'
    images
    images

    बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले संस्थागत विद्यालयलाई कुनै प्रकारका शुल्कमा वृद्धि नगर्न निर्देशन दिएका छन ।

    images
    images
    images

    बुधबार बुटवलभित्रका संस्थागत विद्यालयका प्रधानाध्यापकहरुसँगको छलफलका क्रममा प्रमुख पाण्डेयले विद्यालय शिक्षा सुधार गर्दै बुटवललाई शिक्षामा अगुवा शहर बनाउनका लागि संस्थागत विद्यालयहरुले गुणस्तर र सीपमूलक शिक्षामा जोड दिनुपर्ने बताए ।

    images
    images
    images

    कक्षा ११ को भर्ना शुरु हुनुअघि संस्थागत विद्यालयहरुसँग आयोजित छलफलका क्रममा उनले विद्यार्थीहरुलाई पोशाक र पुस्तक खरिदमा निश्चित पसलमा जान बाध्यकारी नियम लागू नगर्न र स्वेच्छिक हिसाबले खरिद गर्न दिनका लागि निर्देशन दिए ।

    images
    images
    images

    'विद्यालयले किताब, कापी र पोशाक बेच्ने र आफुअनुकुलका पसलहरुबाट खरिद गर्नका लागि सिफारिश गर्ने र बाध्यकारी बनाउने काम नगर्नुहोला, उनले छलफलका क्रममा भने-विद्यालय सुधार गर्नका लागि पहिले विद्यालयको प्रशासनिक कुराहरुमा सुधार ल्याउनुस्, विद्यालयभित्रैबाट बाध्यकारी हुने अवस्था सिर्जना नगर्नुहोस्।'

    उनले विद्यालयहरुले गुणस्तर वृद्धि र प्राविधिक शिक्षालाई जोड दिनुपर्ने बताउँदै प्रतिस्पर्धाका नाममा विद्यार्थीमाथि अन्याय नगर्न आग्रह गरे । उनले विद्यालयको क्षमता, भौतिक पूर्वाधार, ल्याब, शिक्षकको जनशक्तिलाई ध्यानमा राखेर मात्रै विद्यार्थी भर्ना गर्न आग्रह गरे।

    उनले संस्थागत विद्यालयहरुले मनपरी रुपमा शुल्क लिदै आएको गुनासो आएको भन्दै नगरले तय गरेको भन्दा बढी शुल्क नलिन आग्रह गरे । उनले मनपरी रुपमा शुल्क लिनेहरुलाई कानुनी दायरामा ल्याएर आवश्यक कारबाही अगाडि बढाउने बताए ।

    आगामी दिनमा समय र आवश्यकताअनुसार नगरको शिक्षा ऐन परिमार्जन गर्दै विद्यालय शिक्षालाई अझ बढी स्तरीय बनाउदै लैजाने प्रतिबद्धता उनले जनाए ।

    उनले विद्यालयहरुको सुधारका लागि नगरले शैक्षिक सुधार कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउँदै यसले विद्यालयहरुको शिक्षामा सुधार आउने विश्वास व्यक्त गरे । बुटवल उपमहानगरपालिकाले यस वर्षदेखि विद्यालयस्तरबाट खेलाडी उत्पादनमा जोड दिदै नगरभित्रका विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्न लागेकोले त्यसको तयारी गर्न आग्रह गरे ।

    कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले संस्थागत विद्यालयहरुको गुणस्तरका साथै सीपमूलक शिक्षामा जोड दिनुपर्ने बताए । उनले बुटवललाई शिक्षामा अग्रणी बनाउनका लागि संस्थागत विद्यालयहरुको भूमिका निर्वाह गर्नुपर्ने बताए ।

    कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले विद्यालयस्तरको शिक्षामा सुधारका लागि सबै विद्यालयहरु एउटै नियम र पद्धतिमा चल्न आग्रह गरे ।

    कार्यक्रममा उपस्थित संस्थागत विद्यालयका प्रधानाध्यापकहरुले विद्यालय सुधारका लागि प्रतिबद्ध रहेको बताए। उनिहरुले विद्यालय शिक्षा सुधारमा नगरले थप लगानी गर्न आवश्यक रहेको बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।