Logo

२०८३, आश्विन ९गते


images
images

स्थानीय तह

फरक क्षमता भएका व्यक्तिहरूलाई सहायक सामाग्री वितरण

फरक क्षमता भएका व्यक्तिहरूलाई सहायक सामाग्री वितरण

images
  • फरक क्षमता भएका व्यक्तिहरूलाई सहायक सामाग्री वितरण
    images
    images

    परासी । सुनवल नगरपालिका भित्रका करिब ३९ फरक क्षमता भएका ब्यक्तिलाई मंगलबार सहायक सामग्री वितरण गरिएको छ ।

    images
    images
    images

    नगरपालिका भित्रका फरक क्षमता भएका ब्यक्तिको सहजताका लागि ह्विलचेयरमा, ट्राइसाइकल, श्रवण यन्त्र, वाकर, बैशाखी लगायतका विभिन्न सामाग्री वितरण गरेको हो ।

    images
    images
    images

    नगरपालिका भित्र रहेका आठ सय ५९ फरक क्षमता भएका व्यक्ति मध्ये एकचालीस जनालाई सामग्री उपलब्ध गराएको हो।

    images
    images
    images

    सहयोग सामग्री हस्तान्तरण गर्दै मेयर विमला अर्यालले फरक भएका ब्यक्तिलाई स्वरोजगार बनाउन र समाजमा स्थापित गराउन नगरपालिकाले योजना बनाइरहेको बताइन् । नगरपालिका भित्र रहेका फरक क्षमता भएका व्यक्तिहरूको पहिचान गर्ने काम भइरहेको भन्दै मेयर अर्यालले ब्यक्तिको अवस्था हेरेर त्यसैअनुसारको क्षमता अभिवृद्धि र प्रोत्साहनको अभियानलाई अघि बढाउने बताइन् ।

    कार्यक्रममा १६ जनालाई ह्विलचेयरमा, तिन जनालाई ट्राइसाईकल, ३ जनालाई बैशाखी, तिन जनालाइ लट्ठी, श्रवण यन्त्र २ जनालाई र ३ जनालाई वाकर लगायतको सामग्री वितरण गरिएको सुनवल नगरपालिका महिला, बालबालिका एवम् ज्येष्ठ नागरिक शाखा प्रमुख केशरी गैरेले जानकारी दिइन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।