Logo

२०८३, आश्विन १०गते


images
images

शिक्षा

बर्दघाट नगरपालिकाले गर्‍यो २१ शिक्षकको सरुवा

बर्दघाट नगरपालिकाले गर्‍यो २१ शिक्षकको सरुवा

images
  • सेतोमसी सहकर्मी
  • बर्दघाट नगरपालिकाले गर्‍यो  २१ शिक्षकको  सरुवा
    images
    images

    परासी। बर्दघाट नगरपालिकाले लामो समयदेखी रिक्त रहेका दरन्दी मिलान गरेको छ । सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्ने भन्दै शिक्षा ऐन संशोधन गरेको नगरपालिकाले २१ जना शिक्षकको दरबन्दी  मिलान गरी काजमा सरुवा गरेको छ ।

    सोमबार बसेको नगर शिक्षा समितिको बैठकले दरबन्दी मिलान हुने शिक्षकहरुको टुंगो लगाई निर्णय गरेको हो।
    बैठक ढिला सम्पन्न भएकोले मंगलबार विहान १० बजे सरुवाको पत्र दिईने नगर प्रमुख तथा नगर शिक्षा संयोजक सम्भुलाल श्रेष्ठले बताए। 'साउन ३ गते सम्म विद्यालय विदा छ ४ गते हाजिर हुँदा सरुवा भएको विद्यालयमा हाजिर गर्ने गरी सरुवा गरिएको छ श्रेष्ठले भने । ”

    लामो समय देखि दरबन्दी मिलानको चर्चा भए पनि यस अघि विभिन्न कारणले कार्यान्वयनमा आउन सकेको थिएन । लामो समयको प्रयास र शिक्षा ऐन संसोधन गरी नगरले दरबन्दी मिलान गरेको छ । नगर उपप्रमुख रुद्रप्रकाश उपाध्यायले शिक्षा समितिले ल्याएको दरबन्दी मिलानको प्रस्ताव ठिक रहेको बताए। उहाँले नगरको शैक्षिक गुणस्तर सुधार गर्नका लागि सबै पक्षको सहयोग अपरिहार्य रहेको भन्दै सबै पक्ष मिलेर अगाडि बढ्नका लागि आग्रह गरेका थिए।

    images
    images
    images



    सामाजिक विकास समितिका संयोजक भिमकाजी गुरुङले नगरको शिक्षा सुधारका लागि शिक्षकहरुको ब्यबस्थापन गरिएको बताए। गुरुङले दरबन्दी मिलानले शिक्षामा सकारात्मक परिणाम देखिने अपेक्षा ब्यक्त गरेका थिए ।

    images
    images
    images

    दरबन्दी मिलान प्रति शिक्षक महासंघ बर्दघाट नगर अध्यक्ष सभ्यता प्रसाँईले नगरले आफैले बनाएको कार्यबिधि कुल्चेर शिक्षकहरुको सरुवा गरेको बताए।प्रसाइले “ शिक्षा समितिको बैठकमा कुनै पनि आधार, तह, विषय युक्त मैले देखिन त्यसंले हस्ताक्षर नगरी हिँडे ।" प्रसाईले शिक्षा समितिले गरेको निर्णयले कसैलाई न्याय र कसैलाई अन्याय भएको हुँदा निर्णयमा सहमत नभएको बताईन् ।

    images
    images
    images

    कुन शिक्षक कहाँबाट कहाँ सरुवा भए ?

    361420733_978961006561475_3326498271774164282_n.jpg

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।