Logo

२०८३, आश्विन ९गते


images
images

मलमासमा के गर्ने ? के नगर्ने ?

मलमासमा के गर्ने ? के नगर्ने ?

images
  • सेतोमसी सहकर्मी
  • मलमासमा के गर्ने ? के नगर्ने ?
    images
    images

    एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास भनिन्छ । महिनामा दुईवटा सङ्क्रान्ति पर्यो भने क्षयमास भनिन्छ । ज्योतिषका विद्वान् भास्कराचार्यले आफ्नो ग्रन्थ सिद्धान्त शिरोमणिमा मलमास र क्षयमासको स्पष्ट परिभाषा दिएका छन् । 

    images
    images
    images

    असङ्क्रान्तिमासोऽधिमासः स्फुटः स्याद् ।
    द्विसङ्क्रान्तिमासः क्षयाख्यः कदाचित् ।।
     
    अर्थात् सङ्क्रान्ति नभएको महिना अधिकमास वा मलमास हो । दुईवटा सङ्क्रान्ति भएको महिना क्षयमास हो । क्षयमास भने कहिले कहिलेमात्र हुने गरेको छ । यसअघि क्षयमास २०२० सालमा परेको वास्तुशास्त्री शिवप्रसाद पोखरेलले बताए । क्षयमास कात्तिक, मङ्सिर र पुसमा पर्ने गरेको छ । यसमा पनि बढीजसो मङ्सिर र पुसमा क्षयमास पर्छ । कात्तिक महिनामा भने क्षय र अधिकमास दुवै पर्न सक्छ । माघ महिनामा भने क्षय र अधिकमास दुवै पर्दैन । बाँकी आठ महिनामा अधिकमास पर्न सक्छ । 
     
    क्षयमास हुने वर्ष दुई अधिकमास नियमितसमेत पर्छन् । यी अधिकमास क्षयभन्दा तीन महिना अगाडि वा पछाडि हुन्छन् । क्षयभन्दा पहिले हुने अधिकमासलाई ‘संसर्प’ र पछि हुने अधिकमासलाई ‘अंहस्पति’ भनिन्छ । सबै मासको देवता हुन्छन् । मलमास महिनाको देवता नभएपछि मलमास रुदै भगवान् श्रीकृष्णसँग पुगेर आफूलाई अशुभ मास भनी सबैले हेलाँ गरेको गुनासो गरे । गुनासो सुनेर भगवान् श्रीकृष्णले नै मेरै नामबाट तिमीलाई अब सबैले चिन्नेछन् भनी पुरुषोत्तममासको नाम दिनुभएको पुरुषोत्तममास माहात्म्य नामक ग्रन्थमा उल्लेख गरिएको छ  ।

    images
    images
    images

    मलमास अर्थात् अधिकमासमा नित्य कर्म पूजा, पाठ, जप, ध्यान गर्नुहुन्छ । नित्य बसिरहेको व्रत गर्नुहुने विभिन्न शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतम बताउछन । पहिल्यैदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको शुरुआत् गर्नु नहुने नियम छ ।

    images
    images
    images

    मलमासको समयमा महादान, माङ्गलिक कार्यअर्थात् विवाह, व्रतबन्ध, गृहनिर्माण, गृहप्रवेशजस्ता गर्नु हुँदैन । यसैगरी गर्भाधान गर्नुहुँदैन, पहिले नै गर्भ रहेको भए दोष लाग्दैन । नवविवाहित श्रीमान् श्रीमतीले मलमासलाई छल्नुपर्छ भन्ने परम्परा पनि गर्भाधान गर्नुहुँदैन भन्ने मान्यतामै आधारित रहेको धर्मशास्त्रविद्को भनाइ छ । बृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने जति कर्म मलमासमा पनि गर्नुहुँदैन ।

    अधिकमासमा भगबान शङ्करको पुजा आराधान गर्ने कि न गर्ने ? अधिकस्य अधिकम फलम - अधिकमासमा भगवान सङ्करको पुजा आरधना गर्नाले झन अधिक फल प्राप्त हुन्छ । अहिले पहिलो व्रत शुरु गर्नु हुदैन, घर परिवार भय र टाडाको यात्रा गरेर मठ मन्दिर न जाने , आफ्नो पाई पर्ने नजिकका सबै मठको दर्शन गर्न हुन्छ । अनि अधिकमास मा नुहारन गर्ने कि न गर्ने, भात खुवाई गर्ने कि न गर्ने? न्वारन र पास्नी दुबै गर्नु हुन्छ । अधिकमास मा जन्मोत्सव मनाउने, बार्षिक उत्सवहरु मनाउन पनि हुन्छ । घर परिवार घर न सर्ने, नया घर न बनाउने । 
                        
     लेखक भट्टराई  नेपाल ज्योतिष परिषद् लुम्बिनी प्रदेश सदस्य हुन ।

               

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मलमास
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।