काठमाडौं । सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा आज मेघ गर्जनसहित ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस क्रममा चट्याङ्समेत पर्नसक्ने भएकाले विशेष सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
अन्य ६ प्रदेशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षाकाे सम्भावना छ । मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा हावाहुरी चल्न सक्ने महाशाखाले जानकारी दिएको छ ।
आज राति सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति भने कोशी र मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले विशेष सजगता अपनाउन आग्रह गरिएकाे छ ।
महाशाखाले हिजाे आगामी २४ घन्टाका लागि चेतावनी जारी गर्दै देशका कतिपय स्थानमा भारी वर्षा र तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको थियाे । सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटनलगायत क्षेत्रका साथै दैनिक जनजीवनसमेत प्रभावित हुनसक्ने भन्दै सम्भावित जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology