परासी । पश्चिम नवलपरासीका तीन क्याम्पसले त्रिभुवन विश्वविद्यालयलाई नवीकरण वापतको रकम बुझाएका छन। न्यु लाइफ क्याम्पस बर्दघाट, सोमनाथ र परासी क्याम्पस रामग्रामले विश्वविद्यालय नवीकरण वापतको रकम बुझाएका हुन।
सेतोमसीले नवलपरासी पश्चिमका ४ क्याम्पस खारेजीको सूचिमा रहेको सम्बन्धि समाचार प्रकाशन गरेको थियो। सोहि समाचारको प्रभावले तिन क्याम्पसले आज नवीकरण वापतको शुल्क बुझाएका हुन। यता सुनवलको अस्नैया आदर्श क्याम्पसले कागजात, सबै प्रक्रिया पूरा गरेको र आइतबार रकम बुझाउने प्रमुख बिनोद पाण्डेले जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालयबाट समयमा नवीकरण नगरेका क्याम्पसहरूलाई निरन्तर नवीकरणका लागि सूचित गर्दापनि नियमानुसार नवीकरण नगरेको भन्दै नवलपरासी पश्चिमका ४ सहित देशरका १७५ क्याम्पसहरूलाइ खारेजी प्रक्रियाको सुचीमा राखेको थियो ।
त्रिविले २०७९ पुस र चैतमा क्याम्पस नवीकरण गर्न सूचित गरेको थियो। गोरखापत्रमा प्रकाशित सूचनामा नवीकरण नगरे सम्बन्धन खारेज किन नगर्ने भनेर सोधिएको छ। तीन पटक सूचना जारी गर्दा पनि नवीकरणमा नआउने क्याम्पसलाई त्रिवि नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने त्रिवि योजना निर्देशनालयले जनाएको छ।नवीकरण गरेका क्याम्पसलाई आधिकारिक निस्सा प्रमाण सहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्न त्रिवि आग्रह गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology