दाङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार समितिका सदस्य सिता दाहालको निधन भएको दोस्रो दिन आज देशभरका सबै जिल्ला कार्यालय र सातवटै प्रदेशका प्रदेश कार्यालय श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।
सोहि सन्दर्भमा लुम्बिनी प्रदेशको प्रदेश कार्यालय दाङको देउखुरी पाखापानीमा माओवादी केन्द्र लुम्बिनी प्रदेशको आयोजनामा श्रदाञ्जली कार्यक्रम सम्पन्न भयो।
श्रदाञ्जली कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सरकारकाे आर्थिक मामिला मन्त्री धनबहादुर मास्की, केन्द्रीय सदस्य हाेम प्रसाद शर्मा, थारुमुक्तिमाेर्चा लुम्बिनी प्रदेश उपाध्यक्ष स्यामेस चाैधरी, पार्टीका प्रदेश सचिव कृष्ण अधिकारी, पार्टी प्रदेश कार्यालय मुख्यसचिव यज्ञ पोखरेल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमा वक्ताहरूले दिवंगत सिता दाहालको योगदानको चर्चा गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology