Logo

२०८३, कार्तिक २७गते


images
images

क्रान्तिकारी माओवादी र बहुमतको संयुक्त श्रद्धान्जली सभा सम्पन्न

क्रान्तिकारी माओवादी र बहुमतको संयुक्त श्रद्धान्जली सभा सम्पन्न

images
  • क्रान्तिकारी माओवादी र बहुमतको संयुक्त श्रद्धान्जली सभा सम्पन्न
    images

    नवलपरासी । नेकपा(क्रान्तिकारी माओवादी ) र नेकपा (बहुमत) नवलपरासी पश्चिमले संयुक्त श्रद्धाञ्जली सभा सम्पन्न गरेका छन् । मंगलवार बहुमत निकट बिद्यार्थी नेता सुवास सिंग्देलकी आमा सुशिला सिंग्देलको स्मृतिमा उहाँको निवास बर्दघाट–९ भुताहामा संयुक्त श्रद्धाञ्जली सभा सम्पन्न गरिएको हो ।

    images
    images
    images


    कार्यक्रममा क्रान्तिकारी माओवादी केन्द्रीय सल्लाहकार तथा जिल्ला ईञ्चार्ज संकल्पले दुबै पार्टी बीच एकताको सन्देश दिने समयमा आमाको असामायिक निधनले आन्दोलनलाई अपुरणीय क्षति भएको बताए । कार्यक्रममा नेकपा(बहुमत) महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला ईञ्चार्ज शितलले क्रान्तिकारीहरुले मृत्यु संस्कारबाट समेत सांस्कृतिक रुपान्तरणमा ध्यान दिनुपर्ने औल्याए ।

    images
    images
    images


    कार्यक्रममा क्रान्तिकारी माओवादी जिल्ला सेक्रेटरी समरको संचालन रहेको थियो । उक्त कार्यक्रममा क्रान्तिकारी माओवादी जिल्ला समिति नवलपरासी पश्चिमले सिंग्देल परिवारलाई पाँच हजार एक सय रुपैया नगद सहयोग गरेको थियो ।

    images
    images


    श्रद्धाञ्जली सभामा दुवै पार्टीका जिल्लास्तरका नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # श्रद्धान्जली सभा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।