Logo

२०८३, आश्विन १०गते


images
images

स्थानीय तह

किताब, कापी र पोशाक किन्दा पसल नतोक्नु, भर्ना शुल्क वृद्धि नगर्नु  

किताब, कापी र पोशाक किन्दा पसल नतोक्नु, भर्ना शुल्क वृद्धि नगर्नु  

images
  • सेतोमसी सहकर्मी
  • किताब, कापी र पोशाक किन्दा पसल नतोक्नु, भर्ना शुल्क वृद्धि नगर्नु  
    images
    images

    बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले विद्यालय शिक्षामा सुधार ल्याउन सामुदायिक विद्यालयहरुलाई निर्देशन दिएका छ्न्।

    images
    images
    images

    मंगलबार बुटवलभित्रका सामुदायिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरुसँगको छलफलका क्रममा विद्यालय शिक्षा सुधार गर्दै बुटवललाई शिक्षामा अगुवा शहर बनाउनुपर्ने बताए।

    images
    images
    images

    माध्यमिक तहको भर्ना शुरु हुनुअघि आयोजित छलफलका क्रममा उनले विद्यार्थीहरुलाई पोशाक र पुस्तक खरिदमा निश्चित पसलमा जान बाध्यकारी नियम लागू नगर्न र स्वेच्छिक हिसाबले खरिद गर्न दिनका लागि निर्देशन दिए। 'विद्यालयले किताब, कापी र पोशाक बेच्ने र आफुअनुकुलका पसलहरुबाट खरिद गर्नका लागि सिफारिश गर्ने र बाध्यकारी बनाउने काम नगर्नुहोला, उनले छलफलका क्रममा भने -विद्यालय सुधार गर्नका लागि पहिले विद्यालयको प्रशासनिक कुराहरुमा सुधार ल्याउनुस्, विद्यालयभित्रैबाट बाध्यकारी हुने अवस्था सिर्जना नगर्नुहोस्।'

    images
    images
    images

    उनले विद्यालयको क्षमता, भौतिक पूर्वाधार, ल्याब, शिक्षकको दरबन्दीलाई ध्यानमा राखेर मात्रै विद्यार्थी भर्ना गर्न आग्रह गरे।

    नयाँ विद्यार्थी भर्ना गर्दा प्रवेश परीक्षाका नाममा शुल्क नलिन र भर्ना तथा शिक्षण शुल्कजस्ता विद्यार्थीबाट लिने शुल्कमा वृद्धि नगर्न नगर प्रमुख पाण्डेयले आग्रह गरे।

    उनले विद्यालयले आफ्नो क्षमताअनुसार आफै तय गरेका मापदण्डभित्र रहेर भर्ना गर्न र विद्यार्थीलाई पढ्न पाउने अवसरबाट बञ्चित नगर्न आग्रह गरे।

    बुटवललाई शिक्षाका क्षेत्रमा अब्बल बनाउनका लागि सामुदायिक विद्यालयहरुको महत्वपूर्ण भूमिका हुने भन्दै उनले बुटवलबाट अन्य क्षेत्रले सिक्ने गरी व्यवस्थापन गर्न आग्रह गरे।

    आगामी दिनमा समय र आवश्यकताअनुसार नगरको शिक्षा ऐन परिमार्जन गर्दै विद्यालय शिक्षालाई अझ बढी स्तरीय बनाउदै लैजाने प्रतिबद्धता उनले जनाए।

    उनले विद्यालयहरुको सुधारका लागि नगरले शैक्षिक सुधार कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउँदै यसले विद्यालयहरुको शिक्षामा सुधार आउने विश्वास व्यक्त गरे।

    'कुनै विद्यालयमा क्षमताभन्दा धेरै विद्यार्थी आएर भर्ना लिन नसकेको अवस्था छ भने कुनैमा भर्ना गर्न खोज्दा पनि विद्यार्थी नआएको अवस्था छ, यो अवस्थालाई सुधार गरेर एउटै स्तरका विद्यालय बनाउने गरी सबै विद्यालयहरु लाग्नुपर्छ, सुधारका लागि नगरले कहाँनेर कुन क्षेत्रमा लगानी गर्दा राम्रो हुन्छ त्यहीँ उभिन्छ'-उनले भने।

    बुटवल उपमहानगरपालिकाले यस वर्षदेखि विद्यालयस्तरबाट खेलाडी उत्पादनमा जोड दिदै नगरभित्रका विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्न लागेकोले त्यसको तयारी गर्न आग्रह गरे। 'खेलाडी उत्पादनका लागि जगबाटै लगानी गर्नुपर्छ भन्ने उदेश्यले यसपटक हामीले नगरभित्रका विद्यालयहरुबीच फुटबल प्रतियोगिता सञ्चालन गर्दैछौं- उनले भने -यसले विद्यालयस्तरमा खेलाडी उत्पादनमा मदत पुग्नेछ ।'

    कार्यक्रममा सामाजिक विकास महाशाखा प्रमुख मित्रमणि खनालले विद्यालयस्तरको शिक्षामा सुधारका लागि सबै विद्यालयहरु एउटै नियम र पद्धतिमा चल्न आग्रह गरे। उनले विद्यालयमा अनुशासन र विधिको पालनामा जोड दिनुपर्ने बताए।

    कार्यक्रममा उपस्थित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकहरुले विद्यालय सुधारका लागि प्रतिबद्ध रहेको बताउनुभयो। उनले विद्यालय शिक्षा सुधारमा नगरले थप लगानी गर्न आवश्यक रहेको बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।