रुपन्देही । तिलोत्तमा नगरपालिकाले निःशुल्क छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरु र विद्यार्थीहरुबाट उठाउने शुल्कको विवरण पेश गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ ।
तिलोत्तमा नगरपालिकाका प्रमुख मंगलबार पत्र लेखि नगर भित्रका सामुदायिक विद्यालयहरुलाई शिक्षा ऐन तथा नियमावलीमा तोकिएको बमोजिमको निःशुल्क छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुको नामावली र विद्यालयले उठाउने शुल्कको विवरण साउन ५ गतेभित्र बुझाउन निर्देशन दिएका हुन् । एने अनुसार कुल विद्यार्थीको १० प्रतिशतले निःशुल्क छात्रवृत्ति गर्छन् ।
‘प्रस्तुत विषयमा तिलोत्तमा नगरपालिका भित्र सञ्चालित सम्पुर्ण संस्थागत विद्यालयहरुले शैक्षिक सत्र २०८० मा शिक्षा ऐन तथा नियमावलीमा तोकिए बमोजिमको निःशुल्क छात्रवृत्ति विवरण गरि त्यस्तो छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुको नामावली तथा कक्षा नर्सरी देखी कक्षा १२ सम्म विद्यार्थीबाट उठाउने शुल्क विवरण मिति २०५०।०४।०५ गते भित्र अनिवार्य रुपमा यस नगरपालिकामा पेश गर्नुहुन जानकारी गराइन्छ ।’– पत्रमा भनिएको छ ।
तिलोत्तमा नगरभित्र संस्थागत विद्यालय ४० र सामुदायिक विद्यालय ४२ वटा रहेका छन् । तिलोत्तमा कक्षा १२ सम्म अहिले करिब ४४ हजार विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology