Logo

२०८३, आश्विन ९गते


images
images

वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन 'ए' कार्यक्रम सञ्चालन हुने

वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन 'ए' कार्यक्रम सञ्चालन हुने

images
  • वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन 'ए' कार्यक्रम सञ्चालन हुने
    images
    images

    चैत २७, बुटवल । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी वैशाख ६ र ७ गते देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ।

    images
    images
    images

    कार्यक्रम अन्तर्गत ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए क्याप्सुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि दिइने छ। यस्तै ६ देखि २३ महिनाका बालबालिकालाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम लागू भएका जिल्लामा वितरण समेत गरिने छ ।

    images
    images
    images

    मन्त्रालयले बुधवार भिटामिन ‘ए’ कार्यक्रमको लागि आवश्यक समन्वय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पत्राचार गरिसकेकाे छ।

    images
    images
    images

    कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले काेराेना संक्रमणबाट बच्न सचेतनाका लागि मन्त्रालयले ११ बुँदे निर्णय गर्दै अभियानका क्रममा सोही अनुसार अगाडि बढ्न समेत अनुरोध गरेको छ।

    यस्तै मन्त्रालयले २०७७ चैत्र महिनामा हात्तीपाइले रोग निवारण कार्यक्रम संचालन भएका जिल्लाहरु जस्तै - झापा, मोरङ, धनकुटा, बारा, पर्वत, लमजुङ, बागलुङ, दाङ, कपिलवस्तु, बाँके, बर्दिया र कैलालीमा २ बर्ष माथिका बालबालिकाहरुले जुकाको औसधि खाइ सकेको हुन सक्ने भएकाले उक्त जिल्लाका २ बर्षदेखि ५ बर्ष सम्मका बालबालिकाहरुलाइ सोधेर जुकाको औसधि नखुवाएको भए मात्र खुवाउने भनेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भिटामिन 'ए' कार्यक्रम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।