बुटवल । रूपन्देहीमा सहकारी केन्द्र नेपाल नामक संस्था स्थापना भएको छ। शुक्रबार गठन भएको सहकारी केन्द्रको रुपन्देही जिल्ला अध्यक्षमा मोतिलाल ढकाल सर्बसम्मत निर्वाचित भएका छन्।
जसको उपाध्यक्षमा कमला थापा, सचिवमा सरु राना, कोषाध्यक्षमा कृष्ण अर्याल सदस्यहरूमा चिन्तामणि घर्ती, कृष्ण सारु, प्रेम प्रसाद भट्टराई, दयाराम खनाल, शालिकराम गौतम, पदम राज पौडेल, पशुपति बस्याल लगायत रहेका छन् ।
भेलाको उद्घाटन सत्रमा बोल्दै नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य सोनिया यादव, मक्सुद अलि लगायतले सहकारी अभियानले अर्थतन्त्र, कृषि लगायत धेरै क्षेत्रमा ठुलो भुमिका खेल्ने भएको हुँदा सहकारी अभियन्ताको छुट्टै संगठन अहिलेको आवश्यकता भएको बताए।
कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य निर्मल जिसी, सुजित विक लगायतले सरकारले गरेका राम्रा कामको समर्थन गर्दै प्रचार गर्नुपर्ने बताए । कार्यक्रममा सहकारी केन्द्र नेपालका केन्द्रिय सदस्य रमणी डुम्रे लगायतले शुभकामना मन्तब्य राखेका थिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology