Logo

२०८३, श्रावण २७गते


images
images

स्थानीय तहको बजेट

देवदहको झन्डै साढे ३ करोड बजेट नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षको हातमा !

देवदहको झन्डै साढे ३ करोड बजेट नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षको हातमा !

images
  • देवदहको झन्डै साढे ३ करोड बजेट नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षको हातमा !
    images
    images

    देवदह । आर्थिक वर्ष २०८०/०८१ को लागि एक अर्ब सात करोड  २४ लाख ४५ हजारको अनुमानित आय सहितको बजेट ल्याएको देवदह नगरपालिकाले झन्डै साढे ३ करोड रकम नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्ष सम्बोधित कार्यक्रममा खर्च गर्न पाउने व्यवस्था गरेको छ । 

    images
    images
    images

    मंगलबार १२औँ नगरसभाको दोस्रो बैठकमा प्रस्तुत गरिएको नीतिगत निर्णय र कार्यक्रमहरूमा नगरपालिकाको बजेटको ठुलो हिस्सा नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरूले तजबिजले प्रयोग गर्न सक्ने व्यवस्था गरिएको पाईएको हो ।  गतवर्षहरूमा पनि यस प्रकारका व्यवस्था गरिएको भएपनि आर्थिक वर्ष २०८०/०८१  को नीति कार्यक्रममा भने उक्त व्यवस्थालाई थप बढाइएको छ । 

    images
    images
    images

    आगामी आर्थिक वर्षको बजेटमा नगर प्रमुख सम्बोधित कार्यक्रमको लागि १ करोड, नगर प्रमुखसंग उद्यमी रोजगार कार्यक्रमको लागि ५० लाख, उपप्रमुख सम्बोधित कार्यक्रमको लागि १ करोड,  उपप्रमुखसंग महिला कार्यक्रमको लागि ३५ लाख गरि नगर प्रमुख र उपप्रमुखले स्वविवेकले योजनामा प्रयोग गर्न पाउने रकम झन्डै ३ करोड अर्थात् २ करोड ८५ लाख रहेको छ। जसमा प्रमुख र उपप्रमुख सम्बोधित कार्यक्रमको १/१ करोडमध्य ५० प्रतिशत भौतिक पूर्वाधारमा प्रयोग गर्न पर्ने भनिएको छ।  

    images
    images
    images

    त्यसैगरी १२ वटै वडा अध्यक्षले वडा अध्यक्ष सम्बोधित कार्यक्रम, आकस्मिक कोष, अतिथि सत्कार लगायतका शिर्षकमा जम्मा ६० लाख रुपैया रकम छुट्याएका छन्। 

    त्यतिमात्र होईन,  एकातिर विनियोजित बजेटको सीमाभित्र रही बजेट र योजनाको श्रोत परिवर्तन गर्ने अधिकार नगर प्रमुखलाई प्रत्यायोजन गर्ने निर्णय नगर सभाले गरेको छ भने अर्कोंतर्फ नगर सभाबाट पारित भएको बजेट आवश्यकता अनुसार कार्यपालिकाले संशोधन गर्नसक्ने व्यवस्था समेत गरिएको छ ।  जुन स्थानीय सरकार संचालन ऐनको मर्म विपरीत हुने जानकारहरू बताउंछन । 

    सोही विषयमा कुरा गर्दै देवदह नगरपालिकाका निवर्तमान नगर प्रमुख हिरा बहादुर खत्रीले नगरसभाको अधिकार नगर प्रमुख वा कार्यपालिकालाई प्रत्यायोजन गरिनु गलत भएको बताए। नगर प्रमुख, उपप्रमुख वा वडा अध्यक्ष सम्बोधित कार्यक्रममा शिर्षकमा बजेट बिनियोजन हुनुले बेथिति निम्त्याउन सक्ने बताउंदै निवर्तमान प्रमुख खत्रीले दैवी प्रकोप वा आकस्मिक खर्चको लागि केहि रकम जगेडा राखिनु आवश्यक भएपनि करोडौं बजेट पदाधिकारी  विशेषको सम्बोधित कार्यक्रम भनेर छुट्याईनुले गलत अभ्यासलाई संस्थागत  गर्ने बताए। 

    त्यसैगरी सेतोमसीसंग कुरा गर्दै लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले सम्बोधित कार्यक्रम भनेर छुट्याईएको रकमको औचित्य पुष्टि हुनुपर्ने बताए। बजेट योजनामै छुट्याउने र पारदर्शी ढंगले खर्च गरेमा त्यसले सुशासन र विकासमा काम गर्ने उल्लेख गर्दै भट्टराईले अपारदर्शिता नै अहिलेको समस्या भएको बताए। 

    सोहि विषयमा नगर सभा सदस्य अमर लामिछानेलाई हामीले 'नगरसभाको अधिकार नगर प्रमुख र कार्यपालिकालाई दिएपछि तपाईंहरूको त त्यति काम देखिएन नि'  भन्ने प्रश्न गर्दा उनले निर्णयमा उल्लेख भए जस्तो नहुने र नगर प्रमुख र कार्यपालिका नगर सभा प्रति जिम्मेवार हुने कुरामा नगर सभा विश्वस्त भएको बताए।  उनले नगर प्रमुख र उपप्रमुख, कार्यपालिका वा वडाअध्यक्ष जो जसले जेजे योजनामा सम्बोधित कार्यक्रम भनेर खर्च गरेपनि उक्त विवरण नगर सभामा आउनुपर्ने र नगरसभाले अनुमोदन गर्नुपर्ने बताए ।

    हेर्नुहोस् नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्ष सम्बोधित कार्यक्रम र रकम विवरण :

    नगर प्रमुख सम्बोधित कार्यक्रम १ करोड 
    नगर प्रमुखसंग उद्यमी रोजगार कार्यक्रम ५० लाख 
    उपप्रमुख सम्बोधित कार्यक्रम १ करोड 
    उपप्रमुखसंग महिला कार्यक्रम ३५ लाख 
     जम्मा  २ करोड ८५ लाख 

    वडा अध्यक्ष भैपरी खर्च :

    वडा नं. १ वडा अध्यक्ष आकस्मिक कोष, अतिथि सत्कार तथा विविध ८ लाख 
    वडा नं. २ भैपरी आउने विविध खर्च ४ लाख 
    वडा नं. ३ वडा अध्यक्ष आकस्मिक कोष ८ लाख 
    वडा नं. ४ वडा कार्यालय भैपरी, विविध तथा आकस्मिक खर्च  ५ लाख 
    वडा नं. ५ वडा अध्यक्ष आकस्मिक कोष ४ लाख 
    वडा नं. ६ वडा अध्यक्ष आकस्मिक कोष ४ लाख 
    वडा नं. ७ वडा अध्यक्ष सम्बोधित विविध कार्यक्रम  ५ लाख
    वडा नं. ८ वडा अध्यक्ष सम्बोधित कार्यक्रम  ५ लाख
    वडा नं. ९ भैपरि आउने विपत व्यवस्थापन  २ लाख 
    वडा नं. १० भैपरी खर्च  ५ लाख 
    वडा नं. ११ वडा विपत व्यवस्थापन विविध कार्यक्रम  २ लाख 
    वडा नं. १२ भैपरी आउने विपत व्यवस्थापन  ९ लाख  
      जम्मा  ६० लाख 

     
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।