लोक प्रसाद छन्त्याल, गुल्मी । नेपाल कम्युनिष्ट पार्टी एमाले केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्रनं २ का ईन्चार्ज गणेश खनाल ले जनचाहाना लाई हाम्रो राम्रो व्यवहारले सम्वोधन गर्न आवश्यक रहेको बिचार ब्यक्त गरेका छन । वामीटक्सार स्थित नगर पार्टी कार्यलयमा आयोजित पार्टी कार्यक्रममा प्रशिक्षणमुलक मन्तब्य राख्दै खनाल ले भने"जनचाहाना लाइ हाम्रो व्यवहारले सम्वोधन गरौं,खोक्रा कुराले मात्र जनता झुक्काउन त सकिएला तर सही ढंगको समाजवादी कम्युनिस्ट पार्टी निर्माण गर्न सकिन्न” ।
पुरातन,यथास्थिति, र तदर्थवाद बाट होइन समाजको आमूल परिवर्तनको दर्शनमा बहस गर्न जरूरी रहेको बताऊदै ईन्चार्ज खनाल ले भन्नुभयोः "बामपंथी मात्र होइन मार्क्सवादी हौ।आफुलाइ मार्क्सवादी हु भन्दै गर्दा किन मार्क्सवादी या कम्युनिस्ट हुने भन्ने बुझ्न जरुरी छ । त्यसको लागी मानवजातिको विकास,सामन्तवाद हुँदै पुजीवादीको विकास, सामन्त र पुजीवादको वर्ग चरित्र, अनि आफ्नो वा स्वयम् को वर्गाधार र त्यसको मुक्तिको प्रश्न र अहिलेको समाजको सामाजिक चरित्रको बारेमा गहन अध्ययन र बहसबाट सही वर्गदृष्टिकोण निर्धारण गर्न सकिन्छ।तसर्थ कसले गरे वा गरेनन भन्दापनी हामीले के गर्दा समाजमा आमूल परिवर्तन गर्न सकिन्छ भन्नेबाट बहसको थालनी गरौ”
“भ्रष्टाचारको मुद्दामा जोकोही किन नहोस ती दोषीलाई पार्टी पङ्गतिबाट कार्वाही गर्नुपर्छ।आम पार्टी पङ्गतिमा समेत पैदा हुँदै गैरहेको सबै उस्तै हुन भन्ने खालको भावलाइ व्यवहारत: फरक हौ भन्ने पुष्टि गर्नु अहिलेको कार्यभार भएको छ” खनालको भनाई थियो।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहनुभएका ईन्चार्ज खनाल ले भने"राजनीतिक दृष्टिकोण लाई वर्गीय पक्षधरता संग वर्गियपक्षता लाई संगठन संग,संगठन लाई न्युनतम पनि श्रम,उत्पादन, विकास एवम सामाजिक रुपान्तरण संग जोडेर मात्र नया र ब्यवहारमुखी पार्टी निर्माण गर्न सकिन्छ”
“हाम्रो अहिलेको प्रधान अन्तर्विरोध भनेको राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन बोकेको दलाल नोकरशाही पुजीवाद र राष्ट्रिय स्वाधिनता आधारित वैज्ञानिक समाजवाद बीचको अन्तर्विरोध नै हो।त्यसैले आग्रह र पुर्वाग्रहबाट माथी उठेर नया उचाइबाट बहसको थालनी गरौ”ईन्चार्ज खनाल ले भने।
जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्न जरूरी रहेको बताऊदै खनाल ले भने"देशको राजनीती तरल एवम तरङ्गित छ यो वेलामा राष्ट्रघाती र प्रतिगामीहरुले तरङ्गित भएको राजनीतिमा धमिलो पानीमा माछा मार्न खोज्दैछन,यसर्थ सुझबुझले अग्रगामीशक्तिहरुले पहल लिन नचुकौ”
कार्यक्रममा जिल्ला कमिटी गुल्मी का उपाध्यक्ष कृष्ण सुनार ले “नेता प्रधान होइन नीति प्रधान हो" भन्ने मान्यता लाई जनस्तरमा स्थापित गर्न कार्यकर्ताहरू समक्ष आग्रह गरे ।
बिगतका नकारात्मक अनुभव बाट पाठ सिक्दै छाती चौडा गरेर एकमाना एकताका साथ संगठन बिस्तारको लागि सबै नेता कार्यकर्ताहरू लाग्नुपर्यो भन्दै एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा मुसिकोट नगरपालिका का संस्थापक मेयर शोमनाथ सापकोटा ले एमाले पार्टी ले मात्रै देशमा परिवर्तन ल्याऊन सक्ने तर्क पेश गरे ।
एमाले मुसिकोट ईन्चार्ज तथा नगर प्रमुख जिबलाल खरेल जीवन ले मुसिकोट नगर सरकारको तर्फ बाट नगर तथा नगरबासीहरूको हितहुने खालका कार्यक्रमहरू आगामी बजेट मा ल्याऊन लागिएको जानकारी दिए ।समाज परिबर्तन का लागि आफुहरू एमालेमा लागेको बताऊदै आफ्नो सारा ध्यान जनताको मुक्ति निम्ती केन्द्रित रहेको बिचार ब्यक्त गरे ।
केन्द्रिय सदस्य गणेश खनाल यस क्षेत्रको पार्टी ईन्चार्जको भुमिकामा चयन भए पश्चात ऊहॅाको स्वागतार्थ आयोजित कार्यक्रममा उपस्थित बिभिन्न वडा का एमाले नेताहरूले पालैपालो बिभीन्न जिज्ञॅासाहरू राखेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology