Logo

२०८३, कार्तिक २७गते


images
images

संघीयताको सवालमा एमालेसंग लडाइँ जारी छ: माओवादी नेता खनाल 

संघीयताको सवालमा एमालेसंग लडाइँ जारी छ: माओवादी नेता खनाल 

images
  • संघीयताको सवालमा एमालेसंग लडाइँ जारी छ: माओवादी नेता खनाल 
    images

    दाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )का सचिब चक्रपाणि खनाल(बलदेव)ले  संघीयताको सवालमा एमालेसंग लडाइँ पहिलेदेखि  नै जारी रहेको बताएका छन । एमाले गणतन्त्र, संघीयता, समावेशिता र  धर्मनिरपेक्षताको पक्षमा नरहेको बताउदै उनले बाध्य भएर एमाले  माओवादी केन्द्रको  नितिमा आएको दावी गरे। 

    images
    images
    images

    जेष्ठ कम्युनिष्ट मंच र सल्लाहकार समितिको शनिवार देउखुरीमा आयोजित बैठकलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश इन्चार्ज समेत रहेका नेता खनालले राजनीति परिवर्तनलाई संस्थागत गर्न पनि परिवर्तनकारी शक्ति जबर्जस्त अगाडि आउनुपर्ने बताए ।   भ्रष्टाचार अन्त्य माओवादी बाहेक अरुले गर्न नसक्ने दाबि गर्दै उनले भ्रष्टाचारको निर्मुल पार्न सबैको सहयोग आवस्यक रहेको औल्याए ।

    images
    images
    images

    सोहि कार्यक्रममा बोल्दै पार्टीका प्रदेश अध्यक्ष सुदर्शन बरालले उत्पादन सम्बन्धले पारेको प्रभावमा पार्टीलाई कसरी स्थापित गर्ने भन्ने कुरा महत्त्वपूर्ण भएको बताए । उनले सरकार र जनप्रतिनिधिले गर्ने कामको जनताले पनि मुल्यांकन गरिरहेको बताउदै जनपक्षीय काम गर्न सुझाव दिए ।   

    images
    images

    सल्लाहकार  समितिका अध्यक्ष नरबहादुर अधिकारीले पार्टीको निति कार्यक्रमलाई जनस्तरसम्म पुर्याउन बौद्धिक वर्गको महत्त्वपूर्ण भुमिका हुने उल्लेख गर्दै  सोहि अनुसार जनतामा जानु पर्नेमा जोड दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # माओवादी नेता खनाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।