Logo

२०८३, आश्विन ९गते


images
images

कालीगण्डकी गाउँपालिकाका नागरिकलाई निशुल्क उपचार

कालीगण्डकी गाउँपालिकाका नागरिकलाई निशुल्क उपचार

images
  • सेतोमसी सहकर्मी
  • कालीगण्डकी गाउँपालिकाका नागरिकलाई निशुल्क उपचार
    images
    images

    स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आफ्ना नागरिकको नि:शुल्क उपचार गर्ने भएको छ।

    images
    images
    images

    आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम बिहिबार सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले गाउँपालिकाले संचालन गरेको कालीगण्डकी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने बताए।

    images
    images
    images

    अब आर्थिक अभावले उपचार नपाएर मर्नुपरे बाध्यताको अन्त्य हुनेछ। कालीगण्डकी गाउँपालिकाभित्रका सबै नागरिकको उपचार नि:शुल्क हुनेछ। आवश्यक बजेटको व्यवस्था गरेर आगामी आर्थिक वर्षदेखि नै यो कार्यक्रम लागू गरिने उनले बताए।

    images
    images
    images

    विभिन्न महामारीका अतिरिक्त क्यान्सर, मृगौला फेल, मुटु रोगजस्ता दीर्घ रोगले समेत आम नागरिक त्रसित छन्। स्वास्थ्य क्षेत्रलाई केन्द्र विन्दुमा राखेर वर्तमान पुस्ताले नै महसुस गर्नेगरी गाउँपालिकाले कार्यक्रम तय गरेको उनी बताउँछन। 

    नागरिक स्वस्थ रहेनै समाजको सर्वाङ्गिण विकास हुने थापाको ठम्याइ छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको उनले बताए।

    आगामी आर्थिक वर्षमा समाजवाद उन्मुख स्वास्थ्य क्षेत्रको इतिहास रच्ने वर्ष बनाउने नीति लिइएको अध्यक्ष थापाले स्पष्ट पारे।

    यसअघि नै यहाँका सबै परिवारका सदस्यको गाउँपालिकाले नि:शुल्क स्वास्थ्य बीमा गरिदिएको छ। ‘गाउँपालिकाले खर्च ब्यहोरेर नि:शुल्क बीमा गर्ने क्रमलाई निरन्तरता दिइनेछ। प्रत्येक वर्षको नवीकरण पनि गाउँपालिका नै आफ्नै खर्चमा गर्दै आएको छ’, उनले भने, ‘बीमाबाट पाइने एक लाख  खर्च भएपछि पनि त्यस माथि लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले ब्यहोर्ने गरी कालीगण्डकी अस्पतालमा उपचार हुनेछ।‘ आर्थिक अभाव कै कारण यहाँका कुनै नागरिक मर्नुपर्ने अवस्थाको अन्त्य हुने उनले बताए। 

    कालीगण्डकी अस्पतालबाट  विशेषज्ञ सेवा, अनुसन्धानात्मक कार्यसहित थप सेवाको विस्तार गर्ने, रोकथाम, निदान र पुनर्स्थापना सेवालाई सहज र नियमित गरिनेछ। सबै सेवालाई आधुनिक र विद्युतीय प्रविधिको रूपमा विकास गरिने थापाले बताए।

    ‘सामुदायिक विद्यालयका सबै विद्यार्थीको नियमित स्वास्थ्य परीक्षणको व्यवस्था हुनेछ। अध्यक्षसँग निःशुल्क औषधि कार्यक्रम संचालन गरिनेछ’, उनले थपे, ‘शून्य होमडेलीभरी गराउन प्रत्येक गर्भवतीलाई अस्पतालसम्म आउन नि:शुल्क एम्बुलेन्सको व्यवस्था मिलाउने नीति अवलम्बन गरिनेछ।’

    गर्भवती, शिशु, बालबालिका, किशोर र अपांगता भएका व्यक्तिलाई पोषणको स्थितिमा सुधार ल्याउने कार्यक्रम संचालन गरिने छ। साथै पूर्ण खोपयुक्त गाउँपालिका कायम राख्न खोप कार्यक्रमलाई निरन्तरता दिइनेछ।

    मानसिक रोगका बिरामीको लागि संरक्षण गृह, जेष्ठ नागरिकलाई दिवा सेवा तथा मिलन केन्द्रजस्ता संस्थागत संरचना स्थापना तथा संचालन गर्ने नीति लिएको नीति तथा कार्यक्रममा उल्लेख छ।

    अध्यक्ष थापाका अनुसार मदिरा तथा लागु पदार्थबाट ग्रसितलाई स्वस्थ बनाउन विद्यालय शिक्षामा विषयवस्तु समावेश गर्ने,  पुनर्स्थापना तथा सुधार केन्द्र संचालनमा गरिनेछ।

    पाठेघरको मुख र स्तन क्यान्सर लगायत विभिन्न रोग परीक्षण तथा उपचारका लागि विशेषज्ञसहितको घुम्ती स्वास्थ्य शिविर प्रत्येक दुई हप्तामा कालीगण्डकी अस्पतालमा संचालन गरिनेछ। चौमासिक रूपमा सबै स्वास्थ्यचौकीमा गरिनेछ।

    गाउँपालीका क्षेत्रभित्र रहेका औषधिजन्य वनस्पतिको संरक्षण, खेती प्रवर्द्धन र प्रशोधनको व्यवस्था हुनेछ। उपाध्यक्षसँग पोषिलो झोला कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष थापाले बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।