Logo

२०८३, आश्विन ९गते


images
images

समाचार

स्याङ्जाको वालिङ र भीरकोट क्षेत्रको विद्युत् सेवा करिब ६५ घण्टापछि सुचारु

स्याङ्जाको वालिङ र भीरकोट क्षेत्रको विद्युत् सेवा करिब ६५ घण्टापछि सुचारु

images
  • स्याङ्जाको वालिङ र भीरकोट क्षेत्रको विद्युत् सेवा करिब ६५ घण्टापछि सुचारु
    images
    images

    स्याङ्जा । चट्याङका कारण ट्रान्सफर्मरमा क्षति पुगेपछि अवरुद्ध भएको स्याङ्जाको वालिङ र भीरकोट नगरपालिका क्षेत्रको विद्युत् सेवा करिब ६५ घण्टापछि पुनः सुचारु भएको छ ।

    images
    images
    images

    आइतबार विहानदेखि विद्युत् अवरुद्ध हुँदा करिब १३ हजार  सेवाग्राही (घर, स्वास्थ्य, सञ्चार र अन्य अत्यावश्यक सेवाहरू) प्रभावित भएका थिए ।

    images
    images
    images

    उक्त क्षेत्रमा बुटवल पावर कम्पनीको वितरण प्रणालीमार्फत विद्युत् आपूर्ति हुँदै आएको छ । कम्पनीको ट्रान्सफर्मर मर्मत गर्न तीन साताभन्दा बढी समय लाग्ने देखिएपछि वैकल्पिक उपाय अपनाइएको हो ।

    images
    images
    images

    समस्या समाधानका लागि नेपाल विद्युत प्राधिकरणको हेटौंडास्थित कार्यालयबाट ३ एमभीए क्षमताको ट्रान्सफर्मर झिकाएर स्याङ्जामा जडान गरिएको छ । कम्पनीको ट्रान्सफर्मर पूर्ण रूपमा मर्मत नहुन्जेलसम्मका लागि प्राधिकरणले उक्त ट्रान्सफर्मर भाडामा उपलब्ध गराएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्याङ्जा
  • # वालिङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।