Logo

२०८३, आश्विन ९गते


images
images

खानी खन्न आउनेले बसाए बस्ती

खानी खन्न आउनेले बसाए बस्ती

images
  • सेतोमसी सहकर्मी
  • खानी खन्न आउनेले बसाए बस्ती
    images
    images

    कृष्ण अन्जान, गुल्मी । कालीगण्डकी गाउँपालिका गुल्मीका पहाडी भुभागहरुमा अहिले पनि खानी खनिएका अवशेषका खाल्टा खुल्टि हरु प्रसस्तै देख्न सकिन्छ ।
    त्यसोत यहाँका गाउँहरुका नाममा पनि  पनि खानी जोडिएका छन । 

    images
    images
    images

    जयखानी, दबुँगखानी, जोखुम खानी, लम्करा खानी, मुल्जर खानी  लगाएत धेरै गाउँहरु खानीका नाम सँग जोडिएका छन र खानीकै वरिपरि छन ।

    images
    images
    images

    करिब दुई शताब्दि अगाडी रोल्पाबाट खानी मजदुर हरु यहाँ आएको भनाई छ र पछि उनिहरुले नै यो क्षेत्रमा बस्ति बसाएको इतिहासले भन्छ ।

    images
    images
    images

    यी खानीहरु कालीगण्डकी गाउँपालिकाका वडा न २, ३, ४, ५ मा रहेका छन ।

    रोल्पा बाट खानी खन्न आएका खानी मजदुर हरुले मासिक रुपमा पाँच धार्नि देखि सात धार्नि सम्म तामा राज्यलाई बुझाउने गरेको ईतिहास छ ।

    अत्यन्तै कठिन र खानी भित्र राँका बालेर तामा निकाल्न जानू पर्ने र खानी खन्ने काम दुखको भएको पुराना बुढापाका हरुले सुनाएको गुल्मी फोक्सिँगका वोम बहादुर सुत्पाराईले सम्झना गर्छन ।

    हाम्रो पुर्खानै यो ठाउँमा खानी खन्न आएको हो र यहि निर्जन ठाउँलाई आवाद गरेर यहिँ बस्यो सुत्पाराईले भने ।

    करिब दुईसय वर्ष अगाडी रोल्पाबाट लाटा घर्तीको टोली यो क्षेत्रमा आएर खानी खन्न थालेको र उनका सन्तान दर सन्तान हरु यतिबेला यो क्षेत्रमा भरिएका छन ।

    रोल्पालि पछि बाग्लुङ, डोल्पा लगाएतका क्षेत्रहरुबाट पनि खानी मजदुर यो क्षेत्रमा आएर खानी खनेको र यहिँ बसोवास गरेको पाईन्छ ।

    यी बस्तीहरुमा मगर समुदायको बसोवास धेरै छ र उनीहरुले नै कालीगण्डकीका यी गाउँहरु आवाद गरेर बस्न लाएक बनाएको कसैबाट लुकेको छैन ।

    लामो समय सम्म यो क्षेत्रको जिविकोपार्जन खानी खन्ने काम भएपनि गिरिबहादुर बुढाथोकीका पालमा सरकारले खानी खन्ने काम बन्द गराए पछि यहाँका खानीहरु खण्डहरमा परिणत भएका हुन र झाडि भित्र रहेका छन ।

    खानी खन्न बन्द भएपनि खानीकै कारणले यहाँ आउने हरुले बसालेका बस्तिहरु यतिबेला सडक, बिजुली, खानेपानी, शिक्षा, लगायतका पुर्वाधारले विकसित बनेको छ ।

    सबैभन्दा ठुलो कुरा त यी बस्तीहरुको तल्लो भेगबाट गएको उत्तरलाई दक्षिण जोडने कालीगण्डकी करिडोरमा यी बस्तीहरुका शाखा सडक हरु जोडिए पछि नजिकका शहरहरुको पहुँचमा पनि सजिलो भएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।