Logo

२०८३, आश्विन १०गते


images
images

गोरखामा जिप दुर्घटना, ५ जनाको मृत्यु

गोरखामा जिप दुर्घटना, ५ जनाको मृत्यु

images
  • गोरखामा जिप दुर्घटना, ५ जनाको मृत्यु
    images
    images

    काठमाडौं । गोरखामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

    images
    images
    images

    शहीद लखन गाउँपालिका–५ ताक्लुङबाट शहीद लखन ३ चिलिङकोटस्थित बेहुलीको घरमा गएर टिकाटालो गरेर फर्किंदै गरेको जिप गएराति दुर्घटना भएको हो ।

    images
    images
    images

    प्रहरीले पाँच जनाको मृत्यु भएको पुष्टि गरेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिएका छन । उनले भनेका छन, ‘आज बिहान ५ बजे मैले अपडेट लिँदा प्रहरीले पाँच जनाको शव भेटिएको छ भनेर भनेको छ । मृतकको पहिचान खुल्न बाँकी छ ।’

    images
    images
    images

    बेहुला पक्षका तीनवटा गाडी चढेर टीकाटालो गर्न गएका थिए । तीनवटा गाडीहरुमध्ये एउटा गाडी गएराति १ बजेतिर दुर्घटना भएको हो । ‘बेहुलीको घरदेखि करिब तीन–चार सय मिटर पर गाडी दुर्घटना भएको छ,’ प्रजिअ भुसालले भने, ‘त्यो गाडीमा १८/१९ जना थिए भन्ने खुलेको छ ।’

    जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार उक्त जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । दुर्घटनास्थलमा खोज तथा उद्धार जारी छ । उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विपद व्यवस्थापन समितिको टोली खटिएका छन् ।

    कच्ची बाटो, भिरालो स्थान र रातभर पानी परेकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।