Logo

२०८३, आश्विन ९गते


images
images

देवदहमा ४५ दिने निःशुल्क मन्टेश्वरि तालिम सम्पन्न

देवदहमा ४५ दिने निःशुल्क मन्टेश्वरि तालिम सम्पन्न

images
  • सेतोमसी सहकर्मी
  • देवदहमा ४५ दिने निःशुल्क मन्टेश्वरि तालिम सम्पन्न
    images
    images
    नविन लुइटेल , देवदह । देवदहमा ४५ दिने निःशुल्क मन्टेश्वरि तालिम सम्पन्न भएको छ। देवदह नगरपालिका वडा नं ५ को आयोजना र लुम्बिनी पोलिटेकिनकल इनिस्टच्युटको प्राविधिक सहयोगमा तालिम सम्पन्न भएको हो।
     
    उक्त तालिमको समापन सत्रमा बोल्दै प्रमुख अतिथी देवदह नगरपालिका उप प्रमुख विद्यालक्ष्मी गुरुङले अब सैद्धान्तिक क्षमतालाई व्यावहारमा लागू पर्नेमा जोड दिनु पर्ने बताएकी छिन । गुरुङले मन्टेश्वरी तालिम लिएका विद्यार्थीलाई मन्टेश्वरी तालिम अरु भन्दा फरक (गाह्रो) तालिम भएकोले न आत्तिन र विद्यार्थीलाई फकाइ फकाइ ज्ञान सिकाउन आग्रह गरेकी छिन।
     
    उप प्रमुख गुरुङले तालिम लिएकालाई रोजगार दिनको लागि सम्बन्धीत निकायलाई आग्रह गरेकी छिन।
    सोही कार्यक्रममा बोल्दै देवदह नगर प्रवक्ता तथा वडा नं ५ का अध्यक्ष गणेश डुम्रेले देवदहमा धेरै मन्टश्वरी भएता पनि अहिले मन्टेश्वरी तालिम लिएका शिक्षक पाउन निकै गार्हो परेको कारण तालिम लिगेका विद्यार्थीहरुले आफुले पढाउने शिलशिलामा विद्यार्थीहरुलाइ बाल मैत्री शिक्षा दिन र आउदो वर्षमा पनि स्थानियले चाहिए अनुसार विभिन्न तालिम दिने प्रतिबद्धता गरेका छन ।
     
    ३० जनाको सहभागिता रहेको रहेको उक्त तालिममा लुम्बिनी पोलिटेकिनकल इनिस्टच्युट प्रा लि का प्रशिक्षक विपना रनपाल तालिम दिएकी हुन । उनका अनुसार मन्टेश्वरी तालिम लिएका विद्यार्थीहरुले मन्टेश्वरिमा पढाउदै गर्दा सिकाए अनुसार बाल बालिकालाई व्यवहार गर्न आग्रह गरेकी छन ।
     
    साथै,देवदह नगर प्याप्सनका अध्यक्ष राम बहादुर गुरुङले तालिम लिएका दक्ष जनशक्तिलाई व्यवहारिक काममा जोड्ने प्रयास आफूहरुले गर्ने बताए।
     
    उक्त कार्यक्रममा देवदह नगरपालिकाका प्रवक्ता एवम वडा नं ५ का अध्यक्ष गणेश डुम्रेको अध्यक्षतामा , देवदह नगरपालिकाकि उप प्रमुख विद्या लक्षिमी गुरुङको प्रमुख अतिथित्यमा सम्पन्न भएको थियो ।
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।