Logo

२०८३, आश्विन ९गते


images
images

पहाडमै गर्मीको राप

गुल्मीमा बढ्यो गर्मी : पानीका मूल सुके, अधिकांश विद्यालय बन्द

गुल्मीमा बढ्यो गर्मी : पानीका मूल सुके, अधिकांश विद्यालय बन्द

images
  • सेतोमसी सहकर्मी
  • गुल्मीमा  बढ्यो गर्मी : पानीका मूल सुके, अधिकांश विद्यालय बन्द
    images
    images

    कृष्ण अन्जान, गुल्मी ।  मधेस त गर्मीको तापले रापिएको छ नेै, पहाडमा पनि यो वर्ष सहनै नसकिने गर्मी छ । गुल्मीको रुरुक्षेत्रका गाउँहरुको तापक्रम पनि ३५ डिग्री सेल्सियसदेखि ३७ डिग्रीसम्म पुगेपछि सित्तल खोज्न गाउँघरका वर पिपल स्वामी पाँकुरीका फेँदका चौपारीहरुमा पुग्न स्थानीय वासिन्दाहरु बाध्य छन ।

    images
    images
    images

    रुरुक्षेत्रकै केही गाउँहरुमा मुलको पानी सुक्दा पिउने पानीको हाहाकार छ । रुरुक्षेत्र गाउँ पालिका वडा न १ को उपल्लो च्यूरेकमा पानीको मुल सुकेपछि पिउने पानी नहुँदा स्थानीय वासिन्दा काकाकुल को अवस्थामा छन ।

    images
    images
    images

    पानीको अत्यधिक समस्या देखिएपछि रुरुक्षेत्र गाउँ पालिका वडा न १ को पहलमा रिडीबाट ट्याँकरमा पानी ओसारेर पानी बितरण गर्नुपरेको रुरुक्षेत्र गाउँ पालिका वडा न १ का वडा सदस्य घनस्याम ज्ञवालीले बताए । "पानीको अभावले च्यूरेकवासी तडपिएको देख्न सकिएन, त्यसैले वडाले ट्याँकरमा पानी ओसारेर बितरण गर्यौँ" वडा सदस्य ज्ञवालीले भने ।

    images
    images
    images

    गर्मी बढेपछि रुरुक्षेत्र गाउपालिका गुल्मीमा अधिकांस विद्यालयले बिदा दिएका छन । बर्षे बिदामा समायोन हुने गरि असार ४ देखि ८ गतेसम्म सम्बन्धीत विद्यालय ब्यवस्थापन समितिको निर्णय अनुसार बिदा मिलाएको रुरुक्षेत्र गाउपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख झबिलाल बिकले बताए।
     
    केहि आधारभुत विद्यालय, संस्थागत बिद्यालय र माध्यमिक विद्यालयले विदा दिएका छन । गर्मीको मारबाट विद्यार्थी जोगाउन विदा दिईएको रिडी माध्यमिक विद्यालयका प्रधानाध्यापक रोहित भण्डारीको भनाई छ ।

    रुरुक्षेत्रका विद्यालय असार ४ देखि ८ गते सम्म गर्मी विदाको रुपमा बन्द रहनेछन ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।