Logo

२०८३, आश्विन ९गते


images
images

तनहुँमा डेङ्गु संक्रमणबाट विद्यार्थी बिरामी परेपछि दुई विद्यालय बन्द

तनहुँमा डेङ्गु संक्रमणबाट विद्यार्थी बिरामी परेपछि दुई विद्यालय बन्द

images
  • तनहुँमा डेङ्गु संक्रमणबाट विद्यार्थी बिरामी परेपछि दुई विद्यालय बन्द
    images
    images

    राजेश पराजुली, पोखरा । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित दुई निजी विद्यालयका विद्यार्थी डेङ्गु सङ्क्रमणले बिरामी हुन थालेपछि बुधबारदेखि विद्यालय बन्द गरिएको छ ।

    images
    images
    images

    आँबुखैरेनी गाउँपालिका-३ स्थित मस्र्याङ्दी बालज्योति बोर्डिङ स्कूल र बालशिक्षा सदन बोर्डिङ स्कूलका केही विद्यार्थीमा डेङ्गु सङ्क्रमण देखिएपछि केही दिनका लागि विद्यालय बन्द गरिएको हो ।

    images
    images
    images

    विद्यार्थीमा ज्वरो आउने समस्यापछि परीक्षण गर्दा डेङ्गु सङ्क्रमण पुष्टि भएको र यस क्षेत्रमा केही दिन सङ्क्रमण फैलिइरहेकाले विद्यालय बन्द गराइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख निर्मला कुँवरले जानकारी दिए ।

    images
    images
    images

    उनले भने, “अन्य विद्यालयले विद्यार्थीको बिरामीको अवस्थाअनुसार बिरामी सङ्ख्या वृद्धि भएको खण्डमा विद्यालय बन्द गर्न निर्देशन दिइएको छ । डेङ्गु रोगको रोकथाम र नियन्त्रण सम्बन्धमा पूर्वतयारी तथा विशेष सतर्कता अपनाउन भनिएको छ ।”

    कुँवरले डेङ्गु सङ्क्रमितको आँबुखैरेनी अस्पतालमा निःशुल्क उपचार भइरहेको उल्लेख गरे ।

    आँबुखैरेनीमा हालसम्म तीन सय ५० भन्दा बढीमा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।

    डेङ्गु सङ्क्रमण बढेपछि जनचेतनामूलक कार्यलाई जोड दिइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।