Logo

२०८३, आश्विन ९गते


images
images

विश्वकप छनोट

नेपालले दियो जिम्बाब्बेलाई २९१ रनको लक्ष्य

नेपालले दियो जिम्बाब्बेलाई २९१ रनको लक्ष्य

images
  • सेतोमसी सहकर्मी
  • नेपालले दियो जिम्बाब्बेलाई २९१ रनको लक्ष्य
    images
    images

    काठमाडौँ । नेपालले उत्कृष्ट प्रदर्शन गर्दै आईसीसी विश्वकप छनोटमा घरेलु टिम जिम्बाब्बेलाई २९१ रनको विशाल चुनौती दिएको छ ।

    images
    images
    images

    नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २९० रन बनाएपछि जिम्बाब्बेले प्रतिस्पर्धात्मक चुनौती पाएको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट प्रदर्शन गरे । कुशल भुर्तेल ९५ बलमा १३ चौका र दुई छक्का प्रहार गर्दै ९९ रनमा आउट भए ।

    images
    images
    images

    आसिफ ६६ रनमा आउट भए । आसिफले १०० बलमा सात चौका प्रहार गरे । हरारे स्पोर्ट्स क्लबको मैदानमा पहिलो विकेटका लागि आसिफ शेख र कुशल भुर्तेल १७१ रनको कीर्तिमानी साझेदारी गरे । कुशललाई विलिङटन माडहेभरले बोल्ड आउट गराए । त्यस्तै, आसिफको विकेट पनि विलिङटनले नै लिए ।

    images
    images
    images

    त्यस्तै, तेस्रो नम्बरमा आएका कुशल मल्ल र चौथो नम्बरमा आएका कप्तान रोहितकुमार पौडेलले नेपाली टिमको पारी सम्हाल्दै ७२ रनको साझेदारी गरे । कुशलले ४२ बलमा तीन छक्का र दुई चौका प्रहार गर्दै ४१ रन बनाए । २९ बलमा पाँच चौका प्रहार गर्दै रोहितले ३१ रन बनाए । गुल्सन झाले १३, आरिफले १०, दीपेन्द्रसिंह ऐरी ६, करण केसी दुई रनमा अविजित रहँदा भीम सार्की शून्य रनमा आउट भए ।

    बलिङतर्फ रिचाड गरभाले चार र विलिङटन माडहेभरले दुई विकेट लिए । कुशल भुर्तेल पटक-पटक आउट हुनबाट जोगिँदै आएका थिए । कुशल भुर्तेल एक रनमा आउट हुने सम्भावना उच्च थियो । तर, रिचार्ड गरभाले गरेको बलिङमा सिकन्दर राजाले क्याच छुटाए । योसँगै कुशलले जीवनदान पाए । कुशलले दोस्रोपटक फेरि जीवनदान पाए । २६.५ ओभरमा सिकन्दर राजाले गरेको बलिङमा क्याच आउट हुनबाट कुशल बचे । त्यो बेला उनले ८४ रन बनाएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।