Logo

२०८३, आश्विन ९गते


images
images

संघर्षका कथा

मिजासिला रविलाल सर

मिजासिला रविलाल सर

images
  • सेतोमसी सहकर्मी
  • मिजासिला रविलाल सर
    images
    images

    कृष्ण अन्जान, गुल्मी l  गाउँको विद्यालयमा पढाउन थालेको करिब साढे तीन दशक पूरा हुन थाले,  रुरुक्षेत्र गाउँपालिका वडा नं ३ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा अध्यापन गर्ने रविलाल ज्ञवालीको शारीरिक बनौटका कारण विद्यालयमा पुग्दा विद्यार्थीहरूले आफ्नो आत्मीय साथीको माया दिन्छन् । विद्यार्थीहरूले गुरु सँगै एउटा असल मित्रको रुपमा व्यवहार र माया गर्छन्।

    images
    images
    images

    शिक्षक रविलाल ज्ञवालीको उचाइ मात्र उनान्सय सेन्टिमिटर छ र उनले अध्यापन गर्ने प्राथमिक तहमा साना नानी बाबू जस्तै उनी पनि साना छन र सबै विद्यार्थीले शिक्षक सँगै साथी मान्छन् ।

    images
    images
    images

    हुनपनि उनको पढाउने शैलीपनि त्यस्तै छ, उनले पढाउने प्राथमिक तहका साना बालबालिका सँग हाँसो मजाक गर्दै रमाएर पढाउने हुनाले पनि रविलाललाई विद्यार्थीले साह्रै मन पराउँछन् ।

    images
    images
    images
    355175021_1680569415782899_1162281643710367050_n.jpg

    साविक थानपति गाउँ समिति विकास  र हालको रुरुक्षेत्र गाउँपालिका वडा नं, ३ को मरुँग टोलमा २०२८ सालमा जन्मिएका रविलाल ज्ञवाली एकाउन्न वर्षको नेटो काटिसकेका छन । उनले राष्ट्रिय माध्यमिक विद्यालयमा पढाउनै थालेको करिब ३२ वर्ष पूरा भएको छ । राष्ट्रिय माध्यमिक विद्यालयबाट एसएलसी पास गरेका उनले २०४६ सालमा त्यही विद्यालयमा अस्थायी शिक्षकको रुपमा नियुक्ति पाएपछि उनको अध्यापन यात्रा शुरु भएको हो। २०५० सालमा शिक्षा आयोग उत्तीर्ण गरेर स्थायी शिक्षकको रुपमा उनी निरन्तर राष्ट्रिय माध्यमिक विद्यालयमा अध्यापनरत छन ।

    अस्थायी हुँदा कक्षा १ देखि ८ सम्म गणित विषय पढाएँ अहिले त कक्षा १ देखि ३ सम्म मात्र पढाउँछु उनले भने ।

    विद्यालयमा पढाउन थालेका शुरुका दिनहरू सम्झँदै उनले भने म सानो मान्छे भित्तामा ब्ल्याक बोर्ड हातले पुग्न नसकिने ,कुर्सीबाट टेबलमा चढेर ब्ल्याक बोर्डमा लेखेर विद्यार्थीलाई पढाइयो अहिले त ह्वाइट बोर्ड आएको छ प्रविधिको विकासले विद्यार्थीलाई पढाउन पनि सजिलो भएको छ ।

    उनको परिवारमा श्रीमती, दुई छोरि र छोरा छन । छोराको  शारीरिक बनौट ठ्याक्कै रविलालले जस्तै छ । यतिबेला छोरा चिरन्जिवि ज्ञवालीले काठमाडौंमा विविएस अध्ययन गर्दैछन् भने छोरी मनिषाले बिए र कान्छी छोरि अन्जनाले गाउँकै राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ११ मा पढछिन् ।

    के गर्नु एसएलसी पास भएपछि मलाई पनि उच्च शिक्षा पढ्ने रहर त लागेको हो घरको आर्थिक अवस्था, अहिले जस्तो नजिकै एघार बाह्र पढ्ने ठाउँ थिएन टाढा शारीरिक कारणले जान सकिएन पढ्ने रहर त्यसै खुम्चाइयो, आफुले पढ्न नपाए पनि छोरा, छोरिले पढे त्यसैमा सन्तोष छ उनले भने ।

    उनले पढाउने विद्यालय घरबाट दस मिनेटको दूरीमा छ उनी हिँडेर सजिलै  विद्यालय र घर गर्न सक्छन् ।

    हँसिलो मिजासका रविलाललाई गाउँमा सबैले माया गर्छन ।

    गाउँमा सबैको माया सद्भाव, विद्यालयमा पनि त्यस्तै व्यवहार पाएको छु सबैको माया पाउँदा खुशि लाग्छ रविलाल सरले भने ।

    355045153_1299849067626982_3050730790323681956_n.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।