Logo

२०८३, आश्विन ९गते


images
images

पोखरामा हुने ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी पुरा

पोखरामा हुने ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी पुरा

images
  • पोखरामा हुने ‘ड्रागन बोट रेस फेस्टिभल’को तयारी पुरा
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरामा पहिलोपटक हुन लागेको ‘नेपाल चीन फ्रेण्डसीप ड्रागन बोट रेस फेस्टिभल’ को तयारी पुरा भएको छ ।

    images
    images
    images

    नेपाल र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यले आयोजना हुन लागेको रेसको तयारी पुरा भएको आज पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

    images
    images
    images

    रेस फेस्टिभल असार ८ र ९ गते फेवाताल किनार क्याम्पिङ चोकमा फेस्टिभल सञ्चालन हुने छ । फेस्टिभलमा सातै पद्रेश र चीनका गरी १२० जना प्रतियोगी सहभागी हुनेछन् ।

    images
    images
    images

    उद्घाटनसँगै पहिले २ सय र ५ सय मिटर गरी दुईवटा सेगमेन्टमा नेपाली चार र चिनियाँ ४ गरी ८ वटा बोट रेश प्रतियोगिता हुने आयोजकले जानकारी दिएको छ ।

    रेसका लागि चीनबाटै आठ वटा विशेष खालका बोट र अन्य सामाग्री लिएर चीनबाट प्रतियोगितामा भिड्ने प्रतियोगी र प्रशिक्षक यसअघि नै पोखरामा आई अभ्यास गरिरहेका छन् ।प्रतियोगिताका विजेतालाई नगद, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।

    सो फेस्टिभलमा चीनबाट विशिष्ट पाहुनाको सहभागिता रहने बताइन्छ । फेस्टिबलबाट पोखराको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा आयोजकको छ ।

    नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पर्यटकीय सहर पोखरामा बोट रेसको आयोजना गरिएको हो ।

    पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसिएसन पोखरा सो फेस्टिभलको सहयोगी संस्थाका रूपमा रहेका छन् ।

    फेस्टिभलमा नेपाली, चिनियाँ खाना, चिनियाँ सांस्कृतिक कार्यक्रम फेस्टिभलको आकर्षण रहनेछ । नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागिताका लागि ६० जना खेलाडीसहित दुई सय ६० जना विमान चार्टर्ड गरेर पोखरा आउने छन् ।

    गत पुस १७ गते उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सो चिनियाँ टोली उत्रनेछ । सोही कार्यक्रमका लागि दुईवटा चार्टर्ड विमान चीनबाट पोखरा आउने तयारी छ ।

    फेस्टिभलका लागि दुई करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।चीनले यस किसिमको बोट फेस्टिभल ५० भन्दा बढी देश तथा क्षेत्रहरुमा आयोजना गर्दैै आइरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।