Logo

२०८३, आश्विन ९गते


images
images

अक्षर

रहर जब जहर बन्छ !

रहर जब जहर बन्छ !

लगाम सुनको होस् कि फलामको उसको कार्य अधिनमा राख्नु नै हुनेगर्छ
images
  • रहर जब जहर बन्छ !
    images
    images

    खडेरीमा एक झर पानी पर्दा हामी सबै रमाउँछौ तर त्यही एक झरले झरीको गति लियो भने हामी एक दुइ दिनमै आतिन थाल्छौँ । जीवनका धेरै किस्साहरु सिक्ने र जान्ने रहरले सुरुवात हुन्छन् । बिस्तारै रहरहरुले बानीको रुप लिन्छन् । ती बानी फेरी कतिबेला लतमा परिणत हुन्छन् पत्तै हुँदैन।

    images
    images
    images

    जब एउटै कुरा बारम्बार दोहोरिएर व्यक्तिलाई भौतिक, मानसिकसँगै सामाजिक तवरमा समेत असर पुर्याउँछ तब त्यो लत बन्न पुग्छ। केवल कुलतमा फस्ने कुरालाई मात्र लत लागेको भन्न भने मिल्दैन । लगाम सुनको होस् कि फलामको उसको कार्य अधिनमा राख्नु नै हुनेगर्छ ।

    images
    images
    images

    नपत्याउने यथार्थ

    images
    images
    images

    करिब एक हप्ता अगाडि साथीको घर नजिकैको पुलबाट प्रहरीले हाम्रै उमेरका दुइजना युवाहरुलाई ड्रग्स लिँदै गरेको अवस्थामा पक्राउ गरेछन् । उनीहरु कहाँका को थिए ? कसैलाई केही अन्दाज भएनछ । उनीहरुबाटै बुझ्नलाई उनीहरु जवाफ दिने अवस्थामा पनि रहेनछन् । नशा उत्रिएपछि सोधपुछ गर्दा ती मध्य एकजना हाम्रै टोलमा बस्ने दाइ रहेछन् । करिब डेढ वर्षदेखी लागुऔषधको सेवन गर्दै आएका रहेछन्। साथीले यति सुनाइरहँदा पनि मलाई बिस्वास भने लागेको थिएन तर ज्यान सिथिल भइसकेको थियो ।

    अरु कसैको घटना भएको भए सायद  ’ए....’ भनेर सजिलै टार्न पनि सक्थेँ तर उहाँको बारेमा त्यसो सुन्नु अपत्यारिलो विषय थियो । उहाँ पढाईमा सानैदेखी तीष्ण हुनुहुन्थ्यो । ”सबैलाई समान रुपले हेर्नुपर्छ । जन्मेपछि बिलिन हुनु अघि समाजमा केही राम्रो निशान छोडेर जानुपर्छ ।” भन्ने सधेै सकारात्मक विचारले भरिपुर्ण अनि मिजासिलो स्वभाबको हुनुहुन्थ्यो । हामीलाई घरमा कसैले केही सम्झाई बुझाई गर्दा पनि उहाँ उदाहरणको पात्र बन्नुहुन्थ्यो ।

    पछिल्लो केही समयदेखी उहाँलाई मैले घरमा देखेकी भने थिइन । तर यसरी खबर सुन्नु अकल्पनीय थियो । उहाँ कुलतमा कसरी फस्नुभयो? र आज सुधारकेन्द्रमा आफ्ना दिनहरु बिताउन बाध्य हुनुभएको छ ।

    त्यस्तै सडक बालबलिकालाई पैसा दिनुपुर्व सधै मेरो मनमा पलाउने डरलाई म नजरअन्दाज कसरी गरुँ ? उनीहरुले फुक्दै हिड्ने सानो प्लास्टिकको झोलामा के हुन्छ ? अनि त्यो सजिलै कसरी पाइन्छ ?

    मोबाइलको लत

    सामान्यतया यो विषय हामीले निकै बेवास्ता गर्ने विषयमा पर्दछ । नजानिदो पारामा आज बालबालिकादेखी बृद्ध सबैमा मोबाइल र इन्टरलेटले निकै प्रभाब पारिरहेको छ । बिहानको पहिलो सुरुवात र रातको अन्तिम नजर प्राय मोबाइल मै सिमित रहेको हुन्छ  ।

    मोबाइल चलाउदा समय बितेको पत्तो नहुने तर बाँकी केही काम गर्नुपर्यो भने अल्छी लाग्ने, केही गरिहाल्यो भनेपनि समयसमयमा मोबाइल चेक गरिरहन मन लाग्ने, गरिरहेको काममा पनि ध्यान भट्किरहने समस्याहरु प्रबल रुपमा देखापर्छन् ।

    कतै यही लतले भोलीको दिनमा मानसिक रोगी बनाउने हो की? अहिलेपनि हामीले कही कतै परिवारमा कसैले मोबाइल चलाउन नदिएको भन्दै हत्या की आत्महत्या गरेको समाचार सुनिन्छ । तर यो समाचार मनन गरिएको भन्दा प्राय हाँसोमा सिमित रहेको हुन्छ । एकपटक आजको आफू र यही गतिमा मोबाइलको प्रयोगले भोलीको आफुलाई कहाँ पुगेको देख्नुहुन्छ नजर लगाएर हेरौँ त।

    चुरोट र रक्सीको लत

    हिजोआज टिनएजबाट नै चुरोट नखाने व्यक्ति प्राय भेटिदैनन् । सुरुसुरुमा कस्तो हुने रहेछ ? चुरोट खाँदा कुल बनिन्छ भन्ने भ्रममा गरिएको सुरुवातले बानीको बाटो लिँदै लतको हात समाउन पुग्छ । एक दुइ पफसँगैको गफ त हो भन्दाभन्दै दिनमा अनगिन्ती खिल्ली चुरोटहरु सकिएको पत्तै हुँदैन ।

    अब रक्सीको त के कुरा गर्नु ? मेरै उमेरका साथीहरुले कयौँपटक एकदुई बोतल एकैबसाइमा रित्ताएको आफैले देखेकी छु । दिनहुँ नहोला तर एकदुई दिन नपिउँदा छट्पटी र बेचैनीले सताउने कुरा उनीहरु आफैले बताएका थिए  ।

    रक्सी र चुरोटको सेवनले केही क्षणको लागी आत्मविस्वास बढाउदै तनाब कम गर्ने भ्रम सिर्जना गरेको हुन्छ। भेटघाट देखी लिएर अनेक रमाइलो, खुसीको पल र मौसमको च्यालेन्ज आदि अनेक कारणको बहाना खोज्दै पिउनेहरु पनि तमाम भेटिन्छन् । केही क्षणको चरम आनन्दले आफ्नै जीन्दगीलाई दाउको धारमा अल्झाउन सम्म बाध्य भएका छन् । कुनैपनि बिमारी आफैमा सामान्य हुँदैनन् । अझ २०-२५ वर्षको उमेरमै अल्सर, क्यान्सरको सिकार हुन पुग्नु कत्तिको साधारण विषय हो ?

    पुस्तकको लत

    पढाइकै लतको कुरा गर्ने हो भने मरो स्कुलमा म भन्दा एक ब्याच जुनियर बहिनीलाई सम्झिन पुग्छु । पढ्न नपाउँदाको उसको छट्पटी र ब्यग्रता निकै भिन्न हुने गर्थ्यो । उसको हातमा पुस्तक कहिले छुट्दैनथ्यो ।त्यसतै उदाहरणकै कुरा गर्दा मैले चिनेको एकजना अन्कल जो निरन्तर पढिरहनुहुन्थ्यो। कहिलेकसो त पुस्तकालयको एक कुनामा बसेर पढ्दापढ्दै त्यही थुनिएर अर्को दिन सफा गर्ने दाईले बोलाएपछी बल्ल आफू रातभर त्यहीँ थुनिएको महशुस गर्नुहुन्थ्यो अरे।

    पुस्तकको लत हुनेहरू समयको ख्याल नै नगरी जतिबेला जसरी पनि पढिरहेका हुन्छन् । खाने, बस्ने , हिड्ने भन्दा पनि उनिहरुको प्राथमिकतामा पढ्नु हुनेगर्छ। उनिहरु पुस्तक बिना कतै हिड्न पनि अन्कनाउछन्। पढ्नु छ भन्ने कुराको छट्पटीले निदाउन पनि कठिन हुन्छ। कुनै पुस्तक पढेर सकिसकेपछी आनन्द आउनु स्वभाबिक नै हो तर पुस्तकको लतले भरिएका मानिसलाई पुस्तक पढेर सकेपछी अनौठो बेचैनीले सताउने गर्छ। पढेको कुरा कहिले नसकियोस, सधै पढिरहन पाउ भन्ने उनीहरुको चाहना हुने गर्दछ।

    यस्तै लतको कुरा गर्ने हो भने मानिसहरु अन्य थरीथरीका लतको सिकार बनेका हुन्छन् । कतिपय मानिस कोहि ब्यक्तिको प्रेमको लतमा परिरहदा त्यस प्रेमबाट छुटिनुपरेपछी मानसिक रोगको सिकार हुन पुग्छन् । जसले उनलाई आत्महत्यासम्म पनि डोहोर्याउन सक्छ।

    सामान्यतया धेरै मानिसहरु चियापान गर्न रुचाउछन् । चियाको पहिलो चुस्कीसङ्गै सुरुवात भएको दिनमा दर्जनौ कप चिया खाने उनीहरुको बानी हुने गर्छ। कसैलाई ध्यान गर्ने , पुजा गर्ने आदिको बानी परेको हुन्छ। जसरी चुरोटको को तल्तलले मानिस छट्पटीने गर्छन् त्यसरी नै यी कार्यहरु गर्न नपाउँदा टाउको दुख्ने , के बिराएझै हुने र नगरेसम्मको बेचैनीले सताउने सामान्य लक्षणहरु सङ्गै ती बानी पूरा गर्न जे पनि गर्न सक्ने स्थिति सृजना हुन सक्छ ।

    चिया-चुरोट खाइरहँदा केही पायौ / पाएनौ?
    दिनहुँ मन्दिर गइरहँदा केही मिल्यो/ मिलेन?
    मोबाइल चलाइरहँदा केही सिक्यौ /सिकेनौ?

    सिक्नु जरुरी छ तर त्यो सिकाईलाई कति निरन्तरता दिएर अगि लैजाने त्यो तिमी आफुमा भरपर्ने विषय हो।

    यसको मत्लब चुरोट नखाने, मन्दिर नजाने, ध्यान नगर्ने, चिया नखाने आदि केही नगर्ने भन्ने होइन। जे गर्छौ आफुलाई ज्ञात भएर गर्नुपर्छ।

    ओशो भन्नुहुन्छ " जीवनलाई आफ्नो मालिक बनाउनुपर्छ। कसैले केही भन्यो भन्दापनि मलाई गर्नु छ कि छैन? यसबाट मैले केही पाउँछु कि पाउँदिन? जुन कार्य गर्दा केही बनिरहेको हुँदैन सोही नगर्दा केही बिगृने कसरी हुन सक्छ? "

    तसर्थ लत भनेको खराब मात्रै हुन्छ भन्ने निश्चय हुँदैन। यो जस्लाई जहाँ जसरी जस्तो पनि हुने गर्दछ। मुख्यत: कुनै पनि कार्य गर्न नहुने भन्ने हाेइन तर त्यसलाई बेहोशी मै पुगेर बानी बनाउनु नितान्त गलत हो।

    लतलाई जति सामान्य रुप दिएपनी यसले निम्ताउने घटनाहरु सामान्य भैरहन सक्दैनन् । लत लागेका मानिसहरु आफ्नो लत पूरा गर्न जुन हद्सम्म पनि जान सक्ने हुन्छन् । सहि र गलत भन्ने कुरा उनिहरुको मगजले छुट्याउन सक्दैन। जसरी हुन्छ त्यो पूरा गर्नुपर्ने ठानेर अगि बढिरहेका हुन्छन् ।यदि कुनै कुराले रोकिरहेको छ भने त्यसमा कुनै पनि जोखिमको बाटो अपनाउन सक्छन् । जसले हत्या-हिंसा निम्ताउदैन भन्न सकिँदैन।

    यद्यपि लतबाट उम्कन कठिन भएपनी यो असम्भव भने छैन। आफुले गरिरहेका कुरालाई ध्यानमा राखेर अलिकती मात्रै पनि गलत गर्दैछु भन्ने सोच भित्राउन खोज्ने, कार्य गर्ने तर बानी बन्न नदिने , आफुलाई सकेसम्म अरु कुनै कुरामा ब्यस्त राखेर लत बसेको कुरालाई बिस्तारै थोरै-धेरै मात्रामा कम गर्दै लैजाने हो भने कुनै पनि लतबाट बाहिर निस्किन सकिन्छ। अन्ततःहद भन्दा बढी केही पनि सहि हुँदैन। जति नै राम्रो कुरा पनी खराब बन्न पुग्छ। त्यसैले  हरेक कामगर्दा सम्यम हुने कुरा मनन गरेर अगि बढ्नुपर्छ । ढिलोचाडोको कुरा मात्र हो, एकदिन पक्कै पनि आफुमा सुधार ल्याउन सकिन्छ।-

    - लाईशा भुसाल (अक्षर), बुटवल 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।