कृष्ण अन्जान,गुल्मी । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो सँगठनिक अभियानलाई गुल्मी जिल्लाकाे चन्द्रकाेट पुर्याउँदा पार्टीमा भेल उर्लेकाे छ ।
शनिवार शान्तिपुर बजारमा आयाेजना भएकाे राष्ट्रिय स्वतन्त्र पार्टीको भेलामा ठुलाे सँख्यामा रहेकाे सहभागिताा गाउँ कार्य समिति गठन गरिएकाे छ ।
भेलाले भुमनाथ ज्ञवालीको सभापतित्वमा गाउँ कार्य समिति गठन गरेकाे छ ।
कार्यसमितिकाे उपसभापति ,सचिव काेषाध्यक्षमा क्रमशः खिमलाल भण्डारी कमल बहादुर खत्री स्यामकला पन्थ रहेका छन भने सदस्यमा कैलाश शर्मा प्रकाश बहादुर खत्रि ,राजु गौतम ,पवित्रा रायमाझी चुनिएका छन ।
जागेश्वर शर्माकाे सभापतित्वमा भएकाे कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता दामोदर भण्डारी ,प्रदेस कमिटी सदस्य युभि पाेख्रेल ,प्रदेश कमिटीका सदस्य लक्ष्मि खासु मगर देवराज पाण्डे कमल बहादुर खत्रि ,पार्टीका रुरुक्षेत्र गाउँ पालिका सभापति हुतराज गौतम ,उपसभापति ईस्वरी प्रसाद ज्ञवालीले आफ्ना धारणा राखेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology