देवदह । देवदह नगरपालिकाका कर्मचारीलाई ज्यान मार्ने धम्की आएको छ। नगरपालिकाको राजश्व शाखाका कर्मचारीलाई नेशनल कन्स्ट्रक्सन प्रालि रोहिणी - ४ का कर्मचारीले ज्यान मार्ने धम्की दिएपछि देवदह नगरपलिका कर्मचारीले आपत्ती जनाएका हुन् ।
उक्त निर्माण कम्पनीका कर्मचारीले नगरपालिका कार्यालय तोडफोड गर्ने र 'न कर्मचारी रहनेछन् न नगरपालिका रहनेछ' भनेर धम्की दिएको भन्दै देवदह नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले विरोध जनाएका हुन् ।
उक्त कन्स्ट्रक्सन कालो सूचीमा परेको र कालो सूचीको फर्म बुझ्ने क्रममा 'हाम्रो फर्म कालोसूचीबाट हटेन भने नगरपालिकाका १० जना कर्मचारीको ज्यान लिन्छु' भन्दै निर्माण कम्पनीले धम्की दिएको नगरपालिकाका राजश्व शाखाले जनाएको छ। यस बिषयमा निर्माण कम्पनी सङ्ग जानकारी लिन खोज्दा निर्माण व्यावसायि सङ्ग सम्पर्क हुन सकेन।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology