राहुल देव सापकोटा, देवदह । लायन्स कलब अफ देवदहको शनिबार छैँठौ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बर्ष २०२०/२१ मा सक्रिय भएर काम गर्ने पदाधिकारीलाई सम्मान सहित बर्ष २०२१/२२ का पदाधिकारीलाई पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।
प्रथम चरणको कार्यक्रममा कार्यक्रमका अध्यक्ष तथा लायन्स कलब वर्ष २०२०/२१ का अध्यक्ष राम बहादुर गुरुङले आफ्नो कार्यकालमा सप्पन्न भएका विभिन्न कार्यक्रमको विवरण बताउँदै आफुलाइ विशेष सहयोग गर्ने पदाधिकारीलाई अवार्डद्वारा सम्मान गरेका थिए। लायन्स वर्ष २०२०/२१ कि सह-कोषाध्यक्ष शिला मल्लले वर्ष २०२०/२०२१को खर्च विवरण प्रस्तुत गर्दै आफ्नो कार्यकाल साथ दिने सम्पुर्ण पदाधिकारीलाई धन्यवाद व्यक्त गरेकी थिइन।
पहिलो चरणको कार्यक्रम लगतै दोस्रो चरणको पद हस्तानतरण कार्यक्रममा लायन्स वर्ष २०२०/२१ का सम्पुर्ण पदाधिकारीले लायन्स वर्स २०२१/२२ का पदाधिकारीलाई पद हस्तान्तरण गरेका थिए। लायन्स वर्ष २०२०/२१ का अध्यक्ष राम बहादुर गुरुङले लायन्स वर्ष २०२१/२२ का अध्यक्ष बिनोद थापालाइ पद हस्तान्तरण गर्दै आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरे । आफ्नो अध्यक्षको पदभार ग्रहण गर्दै गर्दा सम्भवत लायन्सकै इतिहासमा कम उमेरमा अध्यक्ष बन्न सफल भएकोमा खुसी व्यक्त गरेका थिए।
कार्यक्रममा लायन्सका सम्पुर्ण पदाधिकारी अन्य सङ्घ संस्थाका पदाधिकारी लगायत समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम लायन्स वर्ष २०२१/२२ का अध्यक्ष बिनोद थापाको अध्यक्षता, लुम्बिनी प्रदेश सांसद डा. कृष्ण न्यौपानेको प्रमुख आतिथ्यता, देवदह नगरपालिकाका उप-प्रमुख एवम लायन्स पुर्व अध्यक्ष बिद्यालक्ष्मी गुरुङ्गको विशिष्ट आतिथ्यता तथा मान बहादुर क्षेत्री र सिरु ओली शर्माको संचालनमा सम्पन्न भएको थियो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology