रुपन्देही। देवदह नगरपलिकाका किसानले कृषि सामाग्री पाएका छन्। मकै पकेट क्षेत्र कार्यक्रम अन्तर्गत ४,५ र ८ वडाका व्यवसायिक किसानहरुले कृषि सामाग्री पाएका हुन।
किसानलाई सानो हाटे ट्याक्टर , डिजेल पम्पसेट मेसिन, पाइप, सिचाइ बोरिङ मेसिन, डिस्पेन्सर मेसिन, मोटर पाइप, कुटानी पिसानी मेसिन, रोराबेटर लगायतका उपकरण हस्तान्तरण गरिएको थीयो ।
देवदह नगरपालिकाको आर्थिक वर्षको कृषि कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा कृषकलाई कृषि सामाग्री हस्तान्तरण गरिएको कृषि शाखाका प्रमुख अस्विनी कुमार शर्माले बताए।
कार्यक्रममा बोल्दै वडा नं ५ का अध्यक्ष, देवदह नगरपालिकाका प्रवक्ता गणेश डुम्रेले समृद्धिको आधार कृषक भएका कारण कृषि पेसाको सम्मान हुन सके उत्पादनमा वृद्धि हुने बताए । उनले देवदहलाई समृद्ध बनाउन एक वडा एक नर्सरी कार्यक्रम ल्याएको बताएका छ्न् ।
कार्यक्रममा कोलुवा कृषि सहकारीका अध्यक्ष पर्मिला सेदाइ, देवदह नगरपालिका वडा न ५ सदस्य बिमला दर्लामी, कृषि शाखा साहायक पबिन्द्र मल्ल, कलुवा कृषि सहकारिका पुर्व अध्यक्ष चक्र पाणि न्यौपाने, कलुवा टोल बिकास संस्थाका अध्यक्ष बलराम शर्मा, नवीन न्यौपानेको उपस्तिथिमा कार्यक्रम सप्पन्न भएको थीयो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology