Logo

२०८३, आश्विन ९गते


images
images

प्रधानमन्त्रीको भारत भ्रमण

इन्दोरमा प्रधानमन्त्री प्रचण्ड, सुरक्षामा ७ सय प्रहरी तैनाथ

इन्दोरमा प्रधानमन्त्री प्रचण्ड, सुरक्षामा ७ सय प्रहरी तैनाथ

images
  • सेतोमसी सहकर्मी
  • इन्दोरमा प्रधानमन्त्री प्रचण्ड, सुरक्षामा ७ सय प्रहरी तैनाथ
    फाइल फोटो
    images
    images

    इन्दोर । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विशेष विमानमार्फत इन्दोर पुगेका छन्।

    images
    images
    images

    इन्दोरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी अधिकारीले स्वागत गरे । उनकाे स्वागतका लागि  रेड कार्पेट बिछ्याइएको छ भने साजसज्जा गरिएको थियाे ।

    images
    images
    images

    प्रचण्डको भ्रमणलाई केन्द्रित गरेर सहरको सुरक्षा व्यवस्था निकै कडा तुल्याइएको छ । इन्दौर विमानस्थलदेखि विजयनगरसम्मको सडक खाली गराएर प्रधानमन्त्री प्रचण्डको सवारी चलाइएको छ । प्रधानमन्त्री प्रचण्डको सुरक्षा व्यवस्थामा उज्जैनमा ७ सय भन्दा बढी प्रहरी तैनाथ गरिएको छ ।

    images
    images
    images


     विमानस्थलबाट उनी उज्जैनमा रहेको श्री महाकालेश्वर मन्दिर पुग्ने र मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्नेछन् । मन्दिर परिसरको अवलोकनपछि प्रधानमन्त्री दाहाल होटल इन्दोर मेरियटमा रहनेछन् ।

    भ्रमणका क्रममा उनले आजै मध्यप्रदेशका गभर्नर श्री मङ्गुभाइ पटेलसँग भेटवार्ता गर्ने कार्यक्रम छ । त्यहाँ रहँदा उनले स्वच्छ भारत अभियानअन्तर्गत इन्दोर म्युनिसिपल कर्पोरेशनले गरेको फोहर व्यवस्थापनसम्बन्धी सफल अभ्यासबारे जानकारी लिनेछन् । आजै प्रधानमन्त्री प्रचण्डको सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्री चौहानले रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ ।

    शनिबार प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलले टिसिएस इन्फोसिस विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ ।

    बिहीबार प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ताका अलावा दुई देशबीच महत्वपूर्ण विषयमा सहमति तथा समझदारीसमेत भएको थियो । प्रधानमन्त्री प्रचण्ड शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।